२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

प्युठानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

प्युठानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

प्युठानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

प्युठानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • प्युठान। धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। प्युठानको सरुमारानी गाउँपालिका-३ गोठेरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको जिल्ला प्रहारी कार्यालय प्युठानले जनाएको छ।

    २८ वर्षीया रुकमनी बरालको घाँटी रेटी हत्या भएको हो। घटनामा संलग्न रहेको आरोपमा रुकमनीका पूर्व-पति ऐरावती गाउँपालिका -२ कात्तिकेका ३० वर्षीय लीला बहादुर बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    स्थानीय दलित महिला सदस्य आशा विकले दिएको जानकारी अनुसार मंगलबार बिहान करिब १०:१० बजेको समयमा रुकमनी बराल सरुमारानी गाउँपालिका-३ गोठेरीस्थित डिला परियारको घरमा बसिरहेको अवस्थामा उनका पूर्व-पति लीला बहादुर बरालले एक्कासी चक्कु प्रहार गरी घाँटी रेटेका थिए ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बडडाँडा प्युठानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली र ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा सोको सहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।प्रहरी श्रोतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij