२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामूदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका ७ वटा उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट १ वटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ । 
    जसमा सामूदायिक विद्यालयतर्फ नेपालको एक मात्रै सामूदायिकतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।


    त्यस्तै संस्थागत विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज सम्मानित भएका छन् । त्यसै गरी उत्कृष्ट शैक्षिक नतिजा पस्कने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानित भएका छन् । 

    केन्द्रबिन्दु एजुकेशन एक्सीलेन्स अवार्ड–२०८२ बाट सम्मानित कालिका मानवज्ञान मावि सम्मानित भएको हो ।  अवार्ड कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका हुन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij