परासी । लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुले प्रदेशमा काठ अभाव हुन नदिने बताएका छन । उपभोक्तालाई काठ अभाव हुन नदिने बृक्षारोपण कार्यलाई प्रदेश सरकारले तिब्रता दिएको बताए ।
आज पश्चिम नवलपरासीको सुनवलमा मूलपानी सामुदायिक उपभोक्ता समूह सुनवलले आयोजना गरेको दुई दिने क्षमता बिकास तथा उद्घोषण तालिमको उद्घाटन गदै बनमन्त्री कलवारले संघ सरकारले देशभर तीन करोड बृक्षारोपण गर्न सकल्पका साथ घोषण गरेको कार्यक्रम प्रदेश सरकारले पनि अपनत्वम गरेर आगडी बढेको बताए ।
प्रदेश सरकारले बृक्षारोपणको लागि निशुल्क बिरुवाहरु उपलब्ध गराउदै आएको बताउदै बन क्षेत्रलाई पनि उत्पादनसंग जोडे्र बन क्षेत्रको बिकास गर्न जरुरी रहेको बताए । उनले सरकारले अब बिदेशबाट आउने काठ रोकेर यहाँ भएका काठ बिक्री बितरण गर्ने खालको निती ल्याउन लागेको बताए ।
प्रदेशको वन क्षेत्रको विकासका लागि ्वनलाई कृषिसँग जोडेर कार्यव्रmम अघि बढाई आत्मा निर्भर बनाउन तर्फ लागेको मन्त्री कलवारको भनाई थियो । सिप सिकेर व्यवहार उतार्न समेत सहभागीलाई अग्रह गदै कलवारले सिप भनेको उमेरले पनि नछेक्ने भएकोले सिपलाई व्यवहारमा परिर्वतन गर्न जरुरी रहेको बताए ।
दुई सम्म चल्ने तालिमको प्रशिक्षण खेमराज रेग्मीले प्रशिक्षण दिने तथा तालिममा ६० जना महिलाहरुको सहभागिता रहेको मूलपानी सामुदायिक उपभोक्ता समूह सुनवलका अध्यक्ष यज्ञप्रसाद पाण्डे जानकारी दिए ।
बनले बार्षिक कार्यक्रम अनुसार महिलाहरुलाई क्षमता बिकास तथा उदघोषण गर्न क्षमता बिकास गर्न उदेश्यले उक्त तालिम संचालन गरीएको मूलपानी सामुदायिक उपभोक्ता समूह सुनवलका उपाध्यक्ष प्रभुलाल मौर्यले जानकारी दिए ।
कार्यक्रममा ल्म्बिनी प्रदेशका सासद खड्ग बस्नेत,रामग्राम नगरपालिका वडान ४ वडाअध्यक्ष मदन यादव, महाकाबि देवकोटा क्यापस ,रमावपुरका अध्यक्ष कृष्णप्रासद लामिछाने जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष बिर बहादुर् बि.क सामुदायिक बनकी सचिव सदिक्षा बराल लगायतले धारण राखेका थिए ।




