२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्रामीण विकास लघुवित्तको दाबी : मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत शेयरधनीको ६२.७८५ उपस्थितिमा भएको हुदा वैधानिक र पारदर्शी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ ।

    मिति २०७८ असार २८ गते दशौं वार्षिक साधारणसभा संस्थाका सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाबीच सम्पन्न मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत शेयरधनीको ६२.७८५ उपस्थितिमा भएको हुदा वैधानिक र पारदर्शी भएको स्पष्ट पारेको हो ।

    मर्जर प्रक्रिया सम्बन्धीमा संस्थाले तीनवटै ट्रेड युनियन प्रतिनिधिहरुसँग लामो छलफल पछि नेपाल राष्ट्र बैंकमा मर्जर प्रस्ताव पेश गरेको र त्यसपछि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको उल्लेख छ । यसपछि लेखापरीक्षकमार्फत विस्तृत आर्थिक अध्ययन तयार गरी साधारण सभामा पारित गरिएको विज्ञप्तीमा लेखिएको छ ।

    यसबीच केही सञ्चारमाध्यम र केही व्यक्तिहरुले सामाजिक संजालमा मर्जर प्रक्रिया र नेतृत्वको भूमिका बदनाम गर्ने ढंगले अप्रामाणिक सूचना प्रकाशन गरेकोप्रति खण्डन गर्दै संस्थाको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । संस्थाले आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित आएका सबै शेयरधनीलाई सहभागिता गराइएको दाबी गरेको छ ।

    प्रमुख कार्यकारी अधिकृतको कार्यकाल विस्तार गर्न मर्जर गरिएको भन्ने भ्रामक आरोप अस्वीकार गर्दै संस्थाले कटुवालको सेवा अवधि अझै बाँकी रहेको र राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ । मर्जरबाट भविष्यमा पूंजी, कर्जा लगानीको दायरा, सदस्य लाभ, कर छुट लगायतका क्षेत्रमा सकारात्मक असर पर्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तीमा लेखिएको छ ।

    साथै, ग्रामीण र समाज लघुवित्तबीच हुने मर्जरले संस्थागत मजबुती आउने उल्लेख गरिएको छ । यसैगरि यो आर्थिक वर्ष नेपाल सरकारको बजेट बक्त्ब्यबाट संस्थालाई २ अरब रुपैया सहुलियत दरको कर्जाको समेत ब्यवस्था गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij