२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीको पर्यटन विकासमा अग्रसरता र भूमिका बढाउंदै ब्यापार संघ

रुपन्देहीको पर्यटन विकासमा अग्रसरता र भूमिका बढाउंदै ब्यापार संघ

कार्यक्रममा संघका सदस्यहरुको सामूहिक लगानीमा बसन्तपुरमा पर्यटक लक्षित स्तरीय होेटल सञ्चालन गरेर पर्यटनमा प्रत्यक्ष देखिने योगदान गर्न सकिने धारणा समेत राखेका छन् ।

रुपन्देहीको पर्यटन विकासमा अग्रसरता र भूमिका बढाउंदै ब्यापार संघ

रुपन्देहीको पर्यटन विकासमा अग्रसरता र भूमिका बढाउंदै ब्यापार संघ

कार्यक्रममा संघका सदस्यहरुको सामूहिक लगानीमा बसन्तपुरमा पर्यटक लक्षित स्तरीय होेटल सञ्चालन गरेर पर्यटनमा प्रत्यक्ष देखिने योगदान गर्न सकिने धारणा समेत राखेका छन् ।

रुपन्देहीको पर्यटन विकासमा   अग्रसरता    र  भूमिका बढाउंदै ब्यापार संघ
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल । रुपन्देही व्यापार संघले रुपन्देहीको पर्यटन विकासका लागि संस्थागत अग्रसरता र सक्रियता लिएको छ । 
    संघले पर्यटन क्षेत्रको विकासले समग्र व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले पर्यटनको योजनावद्ध दिगो विकास जरुरी रहेको निश्कर्ष सहित चरणवद्ध कार्यक्रमहरु गर्ने भएको छ । त्यसको शुरुवात स्वरुप लुम्बिनी केवलकारको माथिल्लो स्टेसन बसन्तपुरमा संघले पर्यटन प्रर्वद्धन विषयमा अन्तरक्रिया गरेको छ । 
    अन्तरक्रियामा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्र वहुआयामिक महत्वको वृहत्तर उद्योग भएको औंल्याउंदै रुपन्देहीमा पर्यटन विकास र त्यसबाट लाभ लिन सकिने सम्भावना पहिचान गरी अघि बढ्नुपर्ने धारणा राखेका छन् । वक्ताहरुले सम्बन्धित क्षेत्रका विज्ञहरु सहभागी गराई पर्यटन विकासको ठोस योजना बनाई चरणवद्ध कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिएका छन् । 
    कार्यक्रममा संघका सदस्यहरुको सामूहिक लगानीमा बसन्तपुरमा पर्यटक लक्षित स्तरीय होेटल सञ्चालन गरेर पर्यटनमा प्रत्यक्ष देखिने योगदान गर्न सकिने धारणा समेत राखेका छन् । 

    bd20e438-2a1a-4df2-8f67-2c14f54dae34 (1).jpg
    undefined


    बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन सकिने भएकाले पर्यटक आकर्षित गर्न,उनीहरुलाई सन्तुष्ट बनाई बसाई लम्ब्याउने उपायहरु खोज्नुपर्ने उनीहरुको सुझाव छ । 
    कार्यक्रममा निजी क्षेत्रको साझेदारितामा पर्यटनको विकास र प्रवद्र्धन गर्नु जरुरी रहेको बताउदै कला, संस्कृति, रहनसहन, प्राकृतिक सम्पदा, ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रबाट रुपन्देहीको पर्यटन प्रवद्र्धन गर्ने योजना बनाउनुपर्नेमा जोड दिइएको छ । रुपन्देहीमा आउने पाहुनालाई रुपन्देहीको विशेष पहिचान दिन र बेग्लै छाप छाड्न अर्गानिक खाना, अर्गानिक खाजा र अर्गानिक फलफूल गुणस्तरीय र सर्वसुलभ दरमा उपलब्ध गराउने, आत्मीय आतिथ्य सत्कार गरी खुशी बनाई बसाई लम्ब्याउन सक्नुपर्ने वक्ताहरुको सुझाव थियो ।  सिंगो बुटवललाई होलसेल मार्केट बनाएर पर्यटकलाई हरेक वस्तु अन्त भन्दा सस्तो र गुणस्तरीइ पाइन्छ भन्ने छाप छाड्न सके बुटवलको समग्र व्यवसाय चलायमान हुने वक्ताहरुको सुझाव थियो । 
    कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले यस क्षेत्रका पर्यटकिय पहिचानलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा ब्यापार संघले अगुवाई गर्न सक्ने बताए । 
    मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलवारी) का अध्यक्ष माधव नेपालले पर्यटन क्षेत्रबाट लामो सयमसम्म प्रतिफल लिन सकिने हुंदा त्यसको विकासका लागि योजना बनाएर काम गर्नुपर्ने बताए ।
    संघका अध्यक्ष दीपक अधिकारीले ब्यापार संघले अब व्यवसायिक हक हितसंगै रुपन्देहीको पर्यटन, कृषि र उद्योगको विकासमा पनि नेतृत्वदायी भूमिका खेल्ने बताए । 
    संघले हालै मात्र सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालमा एक करोड ५८ लाख लगानी गरी ब्लड बैंक सञ्चालनमा ल्याएको उल्लेख गर्दै अब क्रमशः पर्यटन र कृषि क्षेत्रको विकासमा पनि नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने बताए । संघले निकट भविष्यमै लुम्बिनी प्रदेशका निर्यातजन्य उत्पादनको  र कोसेली घर निर्माण गरी हरेक महिना विधागतरुपमा प्रदर्शनी गर्ने तयारी गरेको समेत अध्यक्ष अधिकारीले बताए ।   

    0fbe0183-718c-4f83-96fe-119a9a95af8a.jpg
    undefined


     कार्यक्रममा रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरु मोतिलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, यमलाल लोहनी, संघका सल्लाहकार परिषद्का संयोजक तेजप्रसाद सुनार, आजिवन सदस्य परिषद्का संयोजक होमराज बस्याल, सल्लाहाकारहरु वजिर शाह, रणबहादुर खनाल, तुल्सीराम वञ्जाडे, आनन्द प्रसाद रेग्मी, जोगलाल विक, सूर्यबहादुर भट्टराई, बैकुण्ठ कोइराला, संघका प्रथम उपाध्यक्ष दयानीधि भण्डारी, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्सुराम पन्थ, संघका प्रमुख कार्यकारी अधिकृत सरोज पोखरेल लगायतले  बसन्तपुर र नुवाकोटका हिल स्टेशन र केबलकारमा भारतीय पर्यटकलाई आकर्षित गर्न एकीकृत पहल गर्नुपर्ने बताए । भारत उत्तर प्रदेशका २४ करोड जनसंख्या मध्ये हरेक वर्ष ५ प्रतिशत मात्र रुपन्देही ल्याउन सके त्यसबाट यहांको पर्यटन र समग्र व्यवसाय चलायमान हुने उनीहरुको सुझाव थियो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij