२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रहरी अनुसन्धानलाई सघाऔँ

प्रहरी अनुसन्धानलाई सघाऔँ

प्रहरी अनुसन्धानलाई सघाऔँ

प्रहरी अनुसन्धानलाई सघाऔँ

प्रहरी अनुसन्धानलाई सघाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • आर्थिक लेनदेन गरी नक्कली कागजात तयार गरी विभिन्न संस्थाहरुले भिजिट भिसामा केही व्यक्तिहरुलाई स्पेन पु¥याएको विषय छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपीको नेतृत्वमा टोली गठन गरिएको छ । दुवई भिजिट भिसा प्रकरण सेलाउन नपाउँदै स्पेनको विषयले सदनदेखि सडकसम्म चर्को रूप लिएपछि छानबिनका लागिप्रहरी टोली गठन गरिनु सकारात्मक छ ।


    प्रधानमन्त्री केपी ओली राष्ट्र संघीय एउटा कार्यक्रममा भाग लिन असार १४ गते स्पेन पुगे । उनी त्यहाँबाट असार २० गते स्वदेश फर्के । प्रधानमन्त्री स्वदेश नआइपुग्दै उनीसगैं भिजिट भिसामा स्पेन पुगेको समाचारहरु आए । ती समाचार सत्य र तथ्य भन्दा अतिरञ्जित र अर्नगल थिए भन्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिले पुष्टि गरेको छ । प्रधानमन्त्रीको टोलीमा स्पेन पुगेका १९ जना नै स्वेदश आइपुगेको र पहिले त्यहाँ पुगेका खानेपानीमन्त्री प्रदीप यादव सहित तीन सहित २२ जना आएको सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री कार्यालयको विज्ञप्तिलाई खण्डन गर्ने कुनै आधार छैन् ।

    प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी गराउने गरी कागजात तयार गरी अन्य कतिपय व्यक्तिलाई स्पेन पु¥याइएको तर त्यो कार्यक्रममा सहभागी नभएको विषय सार्वजनिक भएको छ, यो विषयको गंभीर छानबिन गर्न आवश्यक किन पनि छ भने प्रधानमन्त्रीले नै स्पेन लगेर छाडेको झैं प्रचार गरिएको छ, संसदमा कतिपय सांसदले प्रधानमन्त्रीलाई लान्छनायुक्त धारणा राख्दा देशकै साख गिर्छ भन्ने हेक्का राखेनन् । प्रधानमन्त्री केपी ओली एउटा व्यक्ति नै देशको प्रधानमन्त्री भएकाले उनीसँग जोडिने विषय देशको प्रतिष्ठा र साखसँग जोडिने विषय हो । स्पेन भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीलाई घुमाईफिराई जोडेर देशलाई नै बदनाम गर्न खोजिएकोले पनि प्रहरी अनुसन्धानले केस्रा केस्रा केलाउनुपर्छ । 


    स्पेन भिजिट भिसा प्रकरणले धेरै विषय बाहिर ल्याउन सक्छ । अहिले तत्काल स्पेन पुगेका व्यक्ति र त्यहाँ पु¥याउने गैरसरकारी संस्थाबारे तथ्य पत्ता लाग्न सक्छ । त्यसैगरी यस अघि पनि भिजिट भिसामा युरोपका विभिन्न मुलुक पु¥याइने गरेको भन्ने विषय बारे पनि सत्य तथ्य प्रहरीले थाहा पाउन सक्छ ।


     प्रहरी अनुसन्धानले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गर्न सफल भयो । भिजिट भिसा प्रकरणले देशकै बदनामी भइरहेकोले यसको जालो तोड्ने अवसर हो । 


    नेपालको अध्यागमन प्रणालीको त्रुटि र कर्मचारीको बदनियतले समस्याको चाङ बढिरहेको बेला त्यसलाई व्यापक सुधारको जति खाँचो छ, नागरिकलाई विभिन्न बहानामा विदेश पु¥याउने सञ्जाल तोड्न सक्दा संगठित अपराजको जालो तोडिन सक्छ । प्रहरी अनुसन्धानलाई सघाएर सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सघाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij