२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्यात खुलाऊ

निर्यात खुलाऊ

निर्यात खुलाऊ

निर्यात खुलाऊ

निर्यात खुलाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • भारतले एक्कासी निर्यात रोकेपछि भैरहवा विशेष आर्थिक क्षेत्र(सेज)का उद्योग समस्यामा परेका छन् । सेजमा रहेका दुई स्टील उद्योग विस्तार ग्लोबल र पञ्चकन्या समूहले एक महिनादेखि उत्पादन निर्यात गर्न नसक्दा समस्यामा परेका छन् । 


    भैरहवा विशेष आर्थिक क्षेत्रमा निर्यातजन्य उद्योगलाई मात्रै स्थापना गर्न स्वीकृति दिइन्छ । निर्यात गर्ने गरी उद्योग स्थापना र सञ्चालन गर्न स्वीकृति पाएका उद्योग संकटमा पर्दा सरकारले समाधानको पहल गर्नुपर्छ । निरन्तर भइरहेको निर्यात एक्कासी रोकिंदा मुलुकमा औद्योगिक वातावरण कसरी बन्छ ? उद्योगका उत्पादन निर्यात रोकिएपछि चीनबाट आयात गरिएको कच्चा पदार्थ बाटैमा रोकिएका छन् । राज्यले निर्यात गर्नकै लागि उद्योगलाई स्वीकृति दिएको, तर निर्यात रोकिदा अब उद्योग बन्द गर्नुको विकल्प छैन । बाटोमै करोडौंको कच्चा पदार्थ अलपत्र परेका छन् ।


    आर्थिक वर्ष २०८१-०८२ मा निर्यात ७६ प्रतिशतले बढेको छ । यो इतिहासमै निर्यातमा आएको छलाङ हो । निर्यातले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न बल पु¥याउने भएकाले सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्दै आएको छ । सेजमा स्थापना भएका उद्योगलाई विभिन्न खालका सहुलियत दिनुको कारण निर्यात बढाउन हो । भारतमा भइरहेको निर्यात उत्साहजनक ढंगले बढेपछि उद्योगीहरुपनि उत्साहित हुन थालेका थिए ।


     दिनप्रतिदिन औद्योगिक उत्पादन निराशाजनक ढंगले ओरालो लागिरहेको बेला सेजमा स्थापना भएका उद्योगले निर्यात बढाएर आशा जगाउने काम गर्दै थिए । केही समय अघि सिमेन्ट उद्योगले गर्दै आएको निर्यात रोकियो । प्लाइउड पनि पटक-पटक रोकिने र खुल्ने हुँदै आएको छ । नेपाली कृषि उत्पादन निर्यात गर्न पनि उत्तिकै समस्या छ । निर्यातजन्य उद्योग समस्यामा पर्दा सयौंको रोजगारी गुम्नेछ । देशमा अवसर छैन भनेर युवा पलायन भइरहेको बेला पलायनको दायरा अझै विस्तार हुने भएकोले भारतीय अवरोध खुलाउन ढिलाइ गर्न हुन्न । भारतीय अवरोधले नेपालमा लगानीको वातावरण बन्न जोखिम बढिरहेको छ ।


    भारतसँग कुटनीतिक पहल गरी समस्याको समाधान गर्न सरकार अग्रसर हुनुपर्छ । समस्यामा परेका उद्योगीले नेपाल उद्योग वाणिज्य महासंघलाई समधानको पहलका लागि आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघले सरकारलाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ । निर्यात रोकिदा निराश उद्योगीलाई पलायन हुनबाट रोक्न सरकारी पहलकदमी दु्रत बन्न आवश्यक छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij