२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र

ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र

ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र

ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र

ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • बुटवल । ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन् । गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन । 

    बिभिन्न खालका जालझेल र छलछाम गरि राष्ट्रिय स्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले संचालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपिल गरेका छन् । 

    ध्यानाकर्षण पत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालले संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको आरोप लगाउदै अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरि अन्यायपुर्ण निर्णय गरेको बताइन । लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी ढकालले कथित साधारण सभाको निर्णय तत्काल सच्याउन माग गर्दै माग पुरा नभए महिला कडा आन्दोलनमा जाने चेतावनी समेत दिइन ।

    उनले भनिन -“पटकपटक स्थान परिवर्तन गरेर, अधिकांश महिला शेयरधनी र कर्मचारीहरुलाई गुमराहमा पारेर गर्न खोजेको के हो ? एकातिर बोलाएर एकातिर साधारण सभा गर्ने, प्रबेशका लागि छुट्टै पासको ब्यबस्था गरेर झुक्याउने, १० हजार भन्दा बढि शेयर सदस्य भएको संस्थाको साधारण सभा होटेलको पाँचौं तलामा १०÷१५ जना बसेर गर्ने ? यो सरासर गलत हो, निर्णय सच्याउनु पर्छ ।” 

    यसअघि असन्तुष्ट शेयरधनी महिलाहरुले नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझाउदै शेयरधनी महिला पुनम लिगलले भनिन -“नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको सामान्य एउटा बित्तिय संस्थाको साधारण सभामा हातहतियार गोलीगट्टा सहितका प्रहरीहरु तैनाथ गरेर, संस्थासँग असम्बन्धित ब्यक्तिहरु भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र शेयरधनीहरुलाई प्रबेशमा रोक लगाएर के गर्न खोजिएको हो ?”


    संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले ५५० जना कर्मचारी नियुक्ती गर्दा गैरकानुनी र अपारदर्शी ढंगले भर्ना गरेको, महंगा गाडी खरिद गरेको, आदी विषयमा उनिहरुले उल्लेख गरेका छन् ।

    संस्थाको संचालक समितिको बैठक केन्द्रिय कार्यालय बुटवलमा नगरि काठमाडौंका तारे होटेलहरुमा गर्ने, प्रमुख कार्यकारी अधिकृत काठमाडौं जाँदा आफु जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको लगाएत संस्थाको हित बिपरित आर्थिक अपचलन गरेको, तत्काल मर्जर नगरे संस्थालाई पिसिए लाग्छ भन्दै धम्काउने गरेको आदी आरोप लगाएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij