२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारको एक वर्षे कार्यकाल

सरकारको एक वर्षे कार्यकाल

सरकारको एक वर्षे कार्यकाल

सरकारको एक वर्षे कार्यकाल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । यस अवसरमा सरकारको पक्ष विपक्षमा अनेक खाले टिकाटिप्पणी भइरहेको छ । सत्ता पक्षीय कांग्रेस–एमाले बाहेक प्रायः सबै दलहरुले सरकारको विपक्षमा आ–आफ्ना मत जाहेर गरिरहेका छन् । सरकार पक्षधर दलहरुमा पनि अलग–अलग समर्थन, विरोध र आलोचनात्मक समर्थन हुने गरेको छ । एमाले र नेका–देउवा पक्षले सरकारको पक्षमा खुलेर समर्थन गरिरहेको छ भने कांग्रेसी कोइराला पक्षले फेरि सरकारको खुलेरै विरोध गरिरहेको छ । त्यस्तै कांग्रेसी केही पक्षले यो सरकारको आलोचनात्मक समर्थन गरिरहेको छ । 


    सरकारको पक्षमा जस्तो भए पनि उल्लेखनीय प्रगति विवरण भएको देखाउनु सत्ता पक्षधर दल र दल नेताहरुको धर्म नै हो । त्यस्तै जस्तो भए पनि विरोध नै गर्नु फेरि प्रतिपक्षी दल र दल नेताहरुको धर्म नै हो । ने.का. सभापति देउवा र  एमाले अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओलीले त यो सरकारको एक वर्षे कार्यकाल शतप्रतिशत सफल नै भएको बताउने गरेका छन् भने प्रतिपक्षी दल खासगरी माओवादी केन्द्र अनि रास्वपा र राप्रपाले भने फेरि यो सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपले असफल भएको प्रचारप्रसार गरिरहेका छन् । यी दुवै पक्षमा केही अति नै छ । तर स्वतन्त्र पक्षधरहरुले भने यो सरकारको गुन–दोषको आधारमा समर्थन वा विरोध गर्ने गरिरहेका छन् । 


    संसारमा त्यस्तो कुनै पनि वस्तु छैन जसको शतप्रतिशत सकारात्मक र शतप्रतिशत नकारात्मक भएको । त्यस्तै हरेक व्यक्ति समुदाय दल र सरकारको पनि । निरपेक्ष समर्थन र विरोध हुन सक्दैन । सापेक्षता हरेकको समर्थन र विरोध हुन्छ । यसै आधारमा वर्तमान यो सरकारको पनि यो एक वर्षेकार्य कालको समीक्षा गर्दा मुख्य गरेर सरकार निर्माणको क्रममा यसले अघि सारेका सात बुँदे कार्य योजनाको चर्चा गर्नु सान्दर्भिकता हुनेछ । यी सात बुँदा मध्ये पहिलो र दोस्रो बुँदा यसमा पनि अझ संविधान संशोधनको प्रश्नको बारेमा अलि बढी चर्चा गर्दा उपयुक्त हुनेछ । सामान्यत संसदीय र बुर्जुवा राज्य व्यवस्थाअन्तर्गतको शासन सत्तामा प्रमुख ठूलो दल सत्तासीन हुन्छ भने दोस्रो दल प्रतिपक्षीमा रहन्छ । सत्तासीन दलको सरकार भने प्रतिपक्षी दलको सदन र सरकारको आलोचना र विरोध गर्न प्रतिपक्षको धर्म हो भने त्यसलाई स्वीकार्दै त्यस अनुरुप गर्नु सत्तापक्षको कर्म हो । त्यसले यो व्यवस्थामा सत्तापक्ष भन्दा पनि अझ बढी सक्रिय भूमिका प्रतिपक्ष दलमा हुनु पर्दछ । यो नभए सत्ता पक्ष निरंकुश बन्ने खतरा रहन्छ । ठीक यही आज यहाँ पनि देखिदैछ । 


    हुन त अहिले यहाँ यो संसदीय परम्परा र मान्यताविपरीत देशका दुई ठूला दल कांग्रेस–एमालेबीच सत्ता गठबन्धन छ । कांग्रेस देशको प्रमुख जननिर्वाचित ठूलो दल अनि दोस्रो ठूलो दल एमाले र त्यसैको नेतृत्वमा गठबन्धन सरकार छ । संसदीय मान्यता अनुसार कांग्रेस नेतृत्वको सरकार र एमाले प्रमुख मुख्य प्रतिपक्षी दल हुनुपर्ने संसदीय जननिर्वाचित अभिमत हो । तर यहाँ अहिले यी दुवै सत्तापक्षमा छन् । खाली ३२ सिटे संसदीय दल नेकपा(माओवादी) प्रतिपक्षमा छ । उसको भूमिका पनि प्रतिपक्षको भन्दा पनि सत्ता पक्षकै जस्तो खाली कहिले कांग्रेसलाई भने कहिले एमालेलाई उचाल्दै रात दिन सत्ता प्राप्तिकै लागि मरिहत्ते गर्दै आइरहेको छ । तर अहिले खास प्रतिपक्ष दलको भूमिका रास्वपा र राप्रपाले गरे जस्तो छ । तर यी दुई दल मध्ये रास्वपा सहकारी करोडौं रुपैयाँ ठगी काण्डमा जेल परेका रवि लामिछानेकै पक्षमा सति जानमा छ । अझ कही नभाको जात्रा हाडी गाउँमा भने जस्तै रविकै पक्षमा र सर्वाेच्च अदालतको विरुद्ध हस्ताक्षर अभियान चलाइरहेको छ । राप्रपा दरबारिया पार्टी नै भयो त्यसको कुरा के गर्ने । यसरी सशक्त प्रतिपक्षको अभावमा वर्तमान गठबन्धन सरकार निरंकुश बन्दै गइरहेको छ । 


    हिजो जुन उद्देश्य र वाचाका साथ यो सरकार बनेको थियो । ती कुनै पनि यो एक वर्षे अवधिमा पूरा भएका छैनन् । मुख्य त यो सरकारको पहिलो बाचा भनेको शान्ति सुरक्षा, अमनचयन र भ्रष्टाचारविरुद्धको थियो । गाँस, बास र कपास अनि रोजगारीका कुरा त परै छाडौं । जनताको शान्ति सुरक्षा र अमनचयन केही पनि छैन । भ्रष्टाचारको रोकथामको कुरा त कहाँ हो कहाँ झन बढ्दो एक प्रकारले रेकर्ड नै तोडने काम भएको छ । स्वयं गृहमन्त्री भिजिट भिसा प्रकरणमा जोडिएका छन् । हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता यस्तै घुस भ्रष्टाचार काण्डमा मुछिएकाले पदबाट राजीनामा दिन बाध्य भएका छन् । यसै काण्डमा अर्का भूमि सुधार तथा सहकारी मन्त्री बलराम अधिकारी पनि जोडिएका छन् । प्रधानमन्त्री ओलीले भन्ने गरेको म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने भनाइ खाली एउटा थेगो मात्रै भएको छ । स्वयं आफैँ विदेश भ्रमण जाँदा समेत मानव तस्करी भएको आरोप प्रत्यारोपमा हालै मात्र एउटा छानबिन समिति बनाइएको छ । यस्ता घटना र काण्डमा सत्ताधारी दलकै नेताहरु नै बढी छन् । त्यसैले यो सरकारको यो एक वर्षे कार्यकाल सबै प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने थेगोमा मात्र सीमित रह्यो, तर व्यवहारमा यो झन बढेर गयो ।


    अब दोस्रो बुँदा संविधान संशोधनको थियो । करिब दुई तिहाई बहुमतसितको कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार र त्यसले गर्ने भनेको संविधानको संशोधनप्रति केही दल खासगरी माओवादी केन्द्र सुरुमा केही संसकित देखिएको थियो । 
    तर अरु प्रायः सबै दल यसमा सकारात्मक नै देखिएका थिए । तर संविधानको के के धारा उपधारा संशोधन गरिने हो त्यसको कुनै ठोस जानकारी थिएन । खाली संशोधनको मात्र कुरा थियो । तर पछि विभिन्न दल संघसंस्थाहरुले संशोधनका आ–आफ्ना धारणा व्यक्त गर्दै जाँदा प्रधानमन्त्रीले एकाएक भन्न थाले संविधानको संशोधन चौरासीको आम निर्वाचनपछि मात्र सम्भव छ । त्यही अनुरुप उनको यो एक वर्षे कार्यकालभरि नै यसमा केही गर्ने त कुरैभएन सामान्य चर्चा–परिचर्चा पनि भएन । अन्ततः सुुरुमै हामीले भने जस्तै यो खाली हात्तीको देखाउने दाँत मात्र भएको यो एक वर्षे सरकारको काम कारबाहीबाट प्रष्ट भएको छ । त्यतिबेला खाली विपक्षी र जनतालाई छारो हाल्न मात्र भनियो संविधानको यो संशोधनको मुद्दा । हुनै नसक्ने संसदीय मूल्य र मान्यता विपरीत चुनावी प्रमुख ठूलो दल र दोस्रो ठूलो दलबीच भएको यो सरकारी गठबन्धनको खेललाई तत्काल देखाउनका लागि मात्र भनिएको थियो । 


    यो संविधान संशोधनको नारा आखिर यो सबै जालझेल र भ्रम मात्रै भएको छ । त्यसैले वर्तमान यो सरकारको मूल्यांकन यी माथि भनिएकै दुई बुँदाले प्रष्ट छ यो गठबन्धन सरकारको एक वर्षे कार्यकाल देश र  जनताको हितमा नभएर खाली केही कांग्रेसी खासगरी देउवा दम्पती र एमाले अध्यक्ष ओली र उनका सहयोगी आसेपासेहरुका लागि मात्रै सफल छ । तर पनि रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा उनलाई मुद्दा चलाई जेल चलान गर्नु अनि पुराना पञ्चे मण्डले र दरबारियाहरुको गणतन्त्र विरोधी आन्दोलन दबाउनमा भने यो सरकारको भूमिका सकारात्मक राम्रै देखिएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij