२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिकामा मानवज्ञानमा विद्यार्थी अभिमुखीकरण तथा स्वागत

कालिकामा मानवज्ञानमा विद्यार्थी अभिमुखीकरण तथा स्वागत

कालिकामा मानवज्ञानमा विद्यार्थी अभिमुखीकरण तथा स्वागत

कालिकामा मानवज्ञानमा विद्यार्थी अभिमुखीकरण तथा स्वागत

कालिकामा मानवज्ञानमा विद्यार्थी अभिमुखीकरण तथा स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • बुटवल ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ।

    शैक्षिक सत्र २०८२/०८३ का लागि भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणात्मक कार्यक्रमसहित अभिमुखीकरण कार्यक्रमको सुरुवात गरिएको हो । तीन दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिन सेक्टर १ कालिका नगर र सेक्टर २ रामनगरमा कक्षा ११ व्यवस्थापन संकायमा बिहानी र दिवा समूहमा भर्ना भएका विद्यार्थीहरुको लागि कार्यक्रम गरिएको हो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले उत्प्रेरणात्मक अभिमुखीकरण प्रदान गरेका थिए ।


    कालिका मानवज्ञान माविका पुर्व प्रधानाध्यापक समेत रहेका पाठकले  अबको २१ औं शताब्दीको शिक्षा पढ्ने, घोक्ने भन्दा पनि सिक्ने र सिकाउने थलोको रुपमा विकास भएको र सोहीअनुसार विद्यार्थीले के सिक्ने भन्ने कुरा प्रधानता हुने बताए ।

    उनले कालिका मानवज्ञान मावि छनौट गर्ने विद्यार्थीलाई धेरै धेरै धन्यवाद दिदै सिकाई उपलब्धीको लागि कालिका एउटा ब्राण्डको रुपमा विकास भएको बताए । 


    विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान मावि सफलता चाहनेहरुको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको भन्दै सफलता प्राप्तीको लागि कालिका रोज्ने विद्यार्थीहरुलाई हार्दिकतापूर्वक स्वागत रहेको बताए । उनले कालिकामा रकम अभाव, गरीबीको कारण कुनै पनि विद्यार्थी शिक्षाको न्यानो घामबाट वञिचत हुने वातावरण कहिल्यै पनि नआउने प्रतिबद्धता समेत व्यक्त गरे ।

    दुईवटा सेक्टरमा आयोजना गरिएको कार्यक्रममा सेक्टर १ का व्यवस्थापन  संकाय (बिहानी) इञ्चार्ज शेरचन्द्र गिरी, दिवा इञ्चार्ज सुर्दशन रेग्मी, सेक्टर २ विद्यालय इञ्चार्ज कृष्ण गौतम, सहायक प्रधानाध्यापक लोकराज घिमिरे, पिताम्बर बन्जाडे, खेल प्रशिक्षक हरिश कुमार ओली, लेखा विषय विभाग प्रमुख लक्ष्मण प्रसाद गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज ज्ञवालीलगायतले बाेलेका थिए । 

    विद्यालयले आटर्स, फाईन आट्र्स र कानूनका विद्यार्थीहरुको लागि साउन ४ गते, विज्ञान तथा प्राविधिक धार (कम्प्युटर इञ्जिनियरिङ्ग) का विद्यार्थीको लागि बिहानी सत्रको साउन ५ गते बिहान ७ बजे र दिवा समूहको लागि सोही दिन १२ बजे अभिमुखीकरण कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यालयमा कक्षा ११ मा हाल १ हजार ९ सय ९६ जना विद्यार्थी भर्ना भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij