बुटवल । विदेश अध्ययन गर्न जानेहरुका लागि शैक्षिक परामर्श सम्बन्धि कार्य गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले बुटवलको राजमार्ग चौराहामा वृहत सरसफाई कार्यक्रम गरेको छ । बुटवलको राजमार्ग चौराहामा आउँदो आइतबार (श्रावण ४) आयोजना हुन गइरहेको शैक्षिक परामर्श कार्यक्रम “द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५” को पूर्वसन्ध्यामा राजमार्ग चौराहामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
शिक्षासँगै स्वच्छता अभियानको आयोजक एक्सपर्ट एजुकेशन टिमले स्थानिय क्षेत्रको सरसफाइ गर्दै, स्वच्छ वातावरणमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरेको बताएको छ । संस्थाले युके, क्यानडा, अस्ट्रेलिया, अमेरिका र न्यूजील्याण्ड जस्ता विकसित राष्ट्रमा अध्ययन गर्न जाने बिद्यार्थीका लागि आवश्यक परामर्श प्रदान गर्ने उद्धेश्यले ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५’ आयोजना गर्न लागिएको जनाइएको छ ।
रुपन्देही र आसपासका विद्यार्थीहरूलाई उच्च शिक्षा सम्बन्धी परामर्श, अवसर र जानकारी दिने लक्ष राखिएको शैक्षिक सेमिनार कार्यक्रमलाई बुटवलकै ठूलो शैक्षिक कार्यक्रमको रूपमा हेरिएको एक्स्पर्ट एजुकेसन बुटवल शाखाका बिजनेस डेभलपमेन्ट म्यानेजर काशीराज गौतमको भनाई छ ।
प्रा.लि.ले विशेष गरि क्यानडा, अमेरिका, अस्ट्रेलिया, युके, न्यूजील्याण्ड अध्ययनका लागि जान चाहने बिद्यार्थीको मागलाई मध्यनजर गदै ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५’ सेमिनारको आयोजना गरेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.का निर्देशक शंकर सापकोटाको भनाई छ ।
हालसम्म नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल, भैरहवा, चितवन, नवलपरासी, इटहरी, विर्तामोड, नेपालगञ्ज लगाएत १९ स्थानमा शाखा रहेको प्रा.लिले नेपालमा दुई दशकदेखि हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ७० हजार बढी विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भिषा सम्बन्धी सेवा उपलव्ध गराएको जनाएको छ ।




