२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चुरे दोहनले संकट

चुरे दोहनले संकट

चुरे दोहनले संकट

चुरे दोहनले संकट

चुरे दोहनले संकट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • यतिखेर मधेस चरम संकटमा छ । लामो खडेरीले रोपाइँ हुन सकेको छैन, रोपेको धान सुक्दै छ । त्यति मात्रै होइन्, चापकल सुकेपछि खानेपानीको हाहाकार भएको छ । दमकल र ट्याङकरले खानेपानी वितरण गर्नुपर्ने बाध्यता आएको छ । मधेस प्रदेशमा आएको समस्या सिंगो तराई–मधेसमा पर्ने जोखिम छ ।


    ढुंगागिट्टीको मनपरी उत्खनन् र निकासीको मारमा मधेस परेको छ । चुरे क्षेत्रमा मनपरी भएको दोहनले मधेस मरूभूमि भएको छ । भूमिगत पानीको भण्डार सुक्दा खानेपानीको समस्या भयो । ढुंगागिट्टीको मनपरी उत्खनन् र निकासी हुँदा तराई-मधेसमा मरूभूमिको जोखिम छ भन्ने विषय लामो समयदेखि उठिरहेको छ । मधेस मरूभूमिकरणको दिशातिर गएको अहिले मधेसवासीले भोगे । खानेपानीको अभाव टार्न दमकल र ट्याङकरले पानी बोकेर गाउँ–गाउँ पु¥याएको विषय सामान्य होइन् ।


    पहाडी भू–भागमा भारी वर्षा भएको छ । बाढीपहिरोले विध्वंश मच्चाएको छ । तर मधेस प्रदेशमा सुक्खाग्रस्त भएपछि प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त घोषणा गरेको छ । कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार अहिलेसम्म मधेस प्रदेशमा ३३ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । अन्न भण्डार मधेसमा भएको यो रोपाइँ निराशाजनक हो । सुक्खाग्रस्त हुँदा मधेसमा यसपल्ट धान उत्पादन अपेक्षित हुन नसक्ने आँकलन गरिएको छ । राज्यले सुक्खाग्रस्त क्षेत्रमा धानको वैकल्पिक खेती लगाउन किसानलाई प्रोत्साहन गर्नुपर्छ । धान खेती गर्न सम्भव भएन् भने अरू खेती गर्न सम्भव हुन सक्छ । 


    मधेस प्रदेशको यो कहालीलाग्दो तस्विर सिंगो नेपालका लागि सामुन्ने आएको चुनौती हो । मधेसमा झैं पहाडमा सुक्खा हुँदा खानेपानीको हाहाकार भएका घटना यसअघि आइसकेका छन् । चुरे क्षेत्रमा भइरहेको दोहन र उत्खनन्ले तराईमा समस्या चुलिएका घटना रूपन्देही, कपिलवस्तु र नवलपरासीमा आइसकेका छन् । चापकलमा पानी आउन छाडेको छ । तिनाउ नदी अस्वभाविक गहिँरिदा आसपासको क्षेत्रमा पहिलेदेखि चल्दै आएका चापकल सुकेका छन् । मनपरी दोहनले भूमिगत पानीको सतह घट्दै जाँदा समेत स्थानीय तहलाई राजस्व संकलनको मात्रै चासो छ । भूमिगत पानीको सतह अस्वभाविक ढंगले घट्दै जाँदा बढ्दो जोखिम न्यूनीकरणबारे अहिले नै ध्यान नदिने हो भने विकराल अवस्था सामुन्ने छ ।


    मधेस प्रदेशमा झैं विकराल अवस्था आउन सक्छ भन्ने हेक्का राखेर मनपरी उत्खनन् र निकासी गर्न स्थानीय तहले रोक्नुपर्छ । राजस्व संकलनका लागि मान्छेको जीवन नै संकटमा पार्ने दुष्कर्म रोक्न सक्नुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij