२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेत्र सहायक परिवारको अध्यक्षमा मिश्रा

नेत्र सहायक परिवारको अध्यक्षमा मिश्रा

नेत्र सहायक परिवारको अध्यक्षमा मिश्रा

नेत्र सहायक परिवारको अध्यक्षमा मिश्रा

नेत्र सहायक परिवारको अध्यक्षमा मिश्रा
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • भैरहवा । नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका आखाँ अस्पतालको नेत्र सहायकक परिवारको अध्यक्षमा अमोद मिश्रा निर्वाचित भएका छन । परिवारको आठौँ एकाई समिति अधिवेशनबाट मिश्रा सहित ७ सदस्य समिति गठन भएको हो । सदस्यहरुमा मुकेश कुमार सिंह, नेत्र बहादुर मगर, सुदिप कोइराला, रवि थापा, रोहित यादव, विशालमणी त्रिपाठी निर्वाचित भएसँगै सदस्यहरुबाट वोर्ड बैठकले पदाधिकारी चयन गर्ने छ । 

    1000046344.jpg

    परिवारको आठौँ एकाई अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले आखाको क्षेत्रमा २०२४÷२५ वर्षबाट सुरुवात गरि सिता पुर जाने परम्परा विस्तारै रोक्न सकेको बताए । अन्दोपन निवारण अस्पतालले ठूलो काम गर्दे आएकोमा यसमा नेत्र सहायकहरुको योग्दान महत्वपूर्ण रहेको बताए । उनले पहिला तालिमबाट दक्ष जनशक्ति उतपादन हुदै आएकोमा अहिले थप एकेडमिक तरिकाले जनशक्ति उत्पादन वर्षेनी हुदै आएकोले दीर्घकालिन सोच राखेर काम गर्न सबैलाई आग्रह गरे । यसमा भविष्य छ र भविष्यलाई देखेर नै ठूलो उपलब्धि हासिल भएकोले सबैले यसबारे सोच्न जरुरी रहेको बताए । संस्थागतहित र  विकासमा लागे कसैल बाटो रोक्न नसक्ने बताउदै परिवारको साथ अस्पताल सधैव रहेको र रहने बताउदै संस्थाको फाइदा हुनासाथ कर्मचारीहरुकै फाइदा हुने बताए । 

    अस्पतालकी मेडिकल डाइरेक्टर सुशिला पटेलले विना नेत्र सहायक अस्पतालको विकास सम्भव नभएकोले समुहिक प्रयासले नै यो अस्पताल यहाँसम्म पुगेको बताइन । संस्थाको विकासका लागि सबैले टिमवर्क भएर अगाडि बढ्न आग्रह गरिन । 

    परिवारका पूर्व उपाध्यक्ष हिरा शाहले अस्पतालको व्यवस्थापन र कर्मचारीहरुको समन्वय भए सेवा राम्रो हुने बताउदै उच्चस्तरीय सेवाका लागि परिवारले ठूलो योग्दान गरेको बताए । संस्था रहयो भने नेत्र सहायक रहने बताउदै सेवामा हुदा सम्म मात्र नभई नहुदा हुने अवस्थाको बारेमा सबैले चिन्तन गरि अगाडि बढ्न आग्रह गरे । अहिले जनशक्ति बढि उत्पादन भयो भनेर रोजगारीको चुनौति रहेकोले यस्को विषयमा परिवारले पनि भविष्यमा कसरी जाने भन्ने बारे योजना बनाउनु पर्ने बताए ।

    परिवारको केन्द्रिय सचिव सन्तोष घिमिरे, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी, सल्लाहकार मोहम्मद समिम अख्तर खाँ लगायतले पेशागत हकहीत, गुणस्तरीय सेवा र अस्पतालको विकासका लागि यो परिवारको ठूलो योगदान रहेको बताए । 

    1000046357.jpg

    एकाई परिवारका अध्यक्ष अमर गौतमले परिवारले वर्षभरि गरेको प्रगति र कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । पेशागत संरक्षणका लागि स्थापित यो परिवार साझा संस्थाको रुपमा रहेको छ । परिवारकै सक्रियताले व्यवसायिक संस्थामा ठूलो उपलब्धि हासिल भएको र यो निरन्तर फड्को मार्दै जाने विश्वास व्यक्त गरे । आखाँको क्षेत्रमा नेत्र सहायक एउटा मेरुदण्डको रुपमा रहेको छ ।

    परिवार गठन हुनु अगाडि देखि नै अस्पतालले तालिम मार्फत जनशक्ति उत्पादन गर्दै आएको थियो भने हाल २०६७ सालदेखि शैक्षिक रुपमा पनि जनशक्ति उत्पादन गर्दै आएको छ । १२ वटा व्याच जनशक्ति उत्पादन भइसकेका छन भने ३ वटा रनिङ र एक वटा भर्नाको क्रममा रहेको छ । जनशक्ति उत्पादन मात्रै नभई रोजगार सृजना र अवसरको क्षेत्रमा पनि परिवारले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 

    परिवारले आठौँ एकाई समिति अधिवेशनको अवसरमा पहिलो पटक नेत्र सहायक परिवारको मुखपत्र नयनको समेत विमोचन गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij