२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • बुटवल । बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ ।

    प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताए ।लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ ।

    लेजर मेसिनबाट बिरामीको उपचार गर्द अस्पतालको बसाई कम हुने, न्यूनतम रक्तश्राव र दुःखाई समेत कम हुने उपचारमा सम्लग्न बिशेषज्ञ डा.बिर्खराज जोशीले बताए ।

    उपचार पश्चात २÷३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको छ । आजभोली खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोज भेनका बिरामीहरु पनि बढ्दै गएका छन् ।

    उनिहरुका लागि लेजर प्रविधिमार्फतको उपचारले सहजता हुने भएकोले लेजर मेशिनबाट उपचार शुरु गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले समयको माग संगै बुटवल हस्पिटल प्रा लिले पनि आफ्ना उपकरणहरु परिस्कृत गर्दै लगेको जानकारी दिए ।

    सूचना प्रविधिकोआजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ । यो प्रविधि विशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले बिरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ ।

    हाल आंखा, नाक, कान, घांटी, मृगौलाको पत्थरी,ब्रेन ट्युमर, पाठेघरलगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंदै आएको छ । बुटवल ६ चांदवारीचोक नजिकै आफ्नै भवनबाट सेवा दिर्दै आएको बुटवल हस्पिटल प्रा लिले अत्याधुनिक उपकरण, दक्क्षजनशक्तिको समायोजन र अत्याुधिनिक पुर्वाधारसहितको सेवाले बिरामीहरुका लागि बुटवल बाहिर उपचारकै लागि जानुपर्ने वाध्यताको अन्त्य गरेको दावी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij