२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अबको यात्राः समृद्ध नेपालका लागि विराट एकताको संकल्प

अबको यात्राः समृद्ध नेपालका लागि विराट एकताको संकल्प

अबको यात्राः समृद्ध नेपालका लागि विराट एकताको संकल्प

अबको यात्राः समृद्ध नेपालका लागि विराट एकताको संकल्प

अबको यात्राः समृद्ध नेपालका लागि विराट एकताको संकल्प
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • किसन ज्ञवाली
    नेपाल, जहाँ हिमालका चुचुराले आकाश छुन खोज्छ, बुद्धको शान्तिको सुवासले संसार मुग्ध बनाउँछ, सीताको सत्यताले विश्वास जगाउँछ र जहाँ हरेक ढुंगा, माटो, पानी र पसिनामा सम्भावनाको बिउ रोपिएको छ, त्यो नेपाल आज एक नयाँ युगको ढोका खोल्न तयार छ । तर, सम्भावना एक्लैले पुग्दैन, त्यसलाई मूर्तरूप दिन विराट एकता चाहिन्छ—एक यस्तो एकता, जुन देशलाई बृहत् परिवर्तनको दिशामा अघि बढाउनेछ ।


    नेपाल प्राकृतिक सम्पदाले भरिएको, साँस्कृतिक विविधताले सजिएको र सम्भावनाले चम्किरहेको देश हो, जसलाई विश्वको आकर्षक गन्तव्य बनाउने समय यही हो । तर त्यसका लागि राष्ट्रव्यापी विराट एकता, स्थायित्वयुक्त देश भक्त नेतृत्व र स्पष्ट राष्ट्रिय दिशा आवश्यक छ । राजनीतिक स्थायित्व, युवा पुस्ताको ऊर्जा, प्रविधिमा आधारित विकास र प्राकृतिक स्रोतको वैज्ञानिक उपयोगमार्फत् देशलाई आत्मनिर्भर बनाउनु अहिलेको प्रमुख आवश्यकता हो । केपी शर्मा ओलीजस्तो अनुभवी, निडर र राष्ट्रप्रेमी नेतृत्वले मात्र विविधताबिच एकता कायम राख्दै समृद्धिको यात्रामा मुलुकलाई अघि बढाउन सक्छ । मलेसिया, सिङ्गापुर, युएई र चीनले जस्तै दूरदृष्टि र प्रतिबद्ध नेताको अगुवाइमा राष्ट्रको रूपान्तरण सम्भव छ । 


    - स्थायित्व र सक्षम नेतृत्वको आधार, बन्न सक्छ केपी  ओलिको सक्षम नेतृत्व —दृष्टिकोण स्पष्ट, सिद्धान्तमा अडिग र जनसमर्थनले भरिएको दल—नेकपा एमाले । आजको अस्थिर र द्विविधामा रुमलियको  राजनीतिक परिवेशमा केपी शर्मा ओलीजस्तो दूरदर्शी, निडर र राष्ट्रवादी नेताको आवश्यकता झन् बढेको छ । उनका निर्णयहरू सुसंगठित र राष्ट्रहितमा केन्द्रित छन्, जुन दीर्घकालीन स्थायित्वका लागि अनिवार्य छ ।


    - नेपालका भौगोलिक र प्राकृतिक स्रोतः समृद्धिको आधारशिला–
    हिमाल, पहाड, तराईले सजिएको नेपाल विश्वमै दुर्लभ भौगोलिक विविधता भएको राष्ट्र हो । जलस्रोत, वनजंगल, खनिज, जडीबुटी—यी सबै सम्पत्तिहरू हामीसँग छन्, तर उपयोगको अभाव छ । यी स्रोतहरूलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सक्ने सोंच ओलीसँग छ । उनले अघि सारेका पूर्वाधार विकासका योजना, जस्तै जलविद्युत्, कृषि आधुनिकिकरण, र आन्तरिक पर्यटन प्रवर्धन—यी सबले आत्मनिर्भर नेपालको बाटो देखाउँछ ।


    - युवाः राष्ट्र निर्माणका मेरुदण्ड हुन्–
    नेपालका युवाहरू जागरूक छन्, देशप्रति भावुक छन्, तर नेतृत्व पाउन आतुर छन् । उनीहरूको क्षमता, ऊर्जा र सपना नीतिमा रूपान्तरण गर्न अनुभवी नेतृत्व आवश्यक छ । ओलीको नेतृत्वमा युवालाई अवसर र दिशा दिन सकिन्छ–नेतृत्वमा सहभागी गराउँदै, देशभित्रै रोजगारीको वातावरण सिर्जना गर्दै, प्रविधिमा दक्षता अभिवृद्धि गर्दै । प्रविधि, सीप र ज्ञानमै आधारित भविष्य निर्माणको माहायज्ञमा युवाहरूलाई सामेल गराउनु छ । यो २१औँ शताब्दी प्रविधिको युग हो । केवल कच्चा श्रम होइन, अब ज्ञानयुक्त श्रमशक्ति आवश्यक छ । ओलीको सोंचअनुसार आधुनिक प्रविधि, अनुसन्धान र सूचना प्रविधिमा नेपालको उपस्थिति आवश्यक छ । त्यसका लागि नीतिगत रूपान्तरण, सीपमूलक शिक्षा र निजी क्षेत्रको सहकार्य अपरिहार्य छन् । आत्मनिर्भरता अब सम्भव छ, यदि प्रविधिलाई अंगालिन्छ भने ।


    -अन्तर्राष्ट्रिय उदाहरण नेपाल पनि बन्न सक्छ !
    मलेसिया, सिङ्गापुर, युएई, चीन—यी मुलुकहरू पनि कुनै बेला हाम्रो जस्तै संघर्षशील थिए । उनीहरूलाई मार्गदर्शन दिने नेताहरू थिए—महाथिर मोहम्मद, लि क्वान यु, देङ स्याओ पिङ, शेख जायेद । आज नेपालसँग पनि त्यो अवसर छ, त्यो क्षण छ, त्यो सम्भावना छ । अब चाहिएको छ–त्यो नेतृत्व जसले मुलुकको दिशा परिवर्तन गर्न सक्छ । त्यो नेतृत्व ओलीमा देखिन्छ ।
    - विविधता भित्रको विराट एकता–
    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । यही विविधता हाम्रो शक्ति हो, कमजोरी होइन । अब दलगत र गुटगत राजनीति होइन, राष्ट्रगत भावना आवश्यक छ । ओलीले ‘पहिले देश, पछि दल’ को सन्देश दिनसक्छन् । सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने बेला यही हो । त्यो विविधताभित्रको एकताको डोरि केपी ओलीलाई राम्रोसँग थाहा छ, त्यो भनेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकंक्षा हो । सुख हो, शान्ति हो, समृद्धि हो, रोजगारी हो, समानता हो, प्रत्येक नागरिकको आत्म सम्मान हो । 
     - राष्ट्रसेवामा समर्पित नेतृत्व–
    केपी शर्मा ओली कुनै चकमक भाषणका नेता होइनन् । उनीसँग कार्यान्वयनको इतिहास छ, जनताको मर्म बुझ्ने आँखा छ । उनलाई व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको उज्यालो भविष्य प्रिय छ । नेपालको मेचीदेखि माहाकालीसम्म, हिमालदेखि तराईको  हावा–पानी, पाखा–पखेराको प्रत्येक स्पन्दन–स्पन्दनको जानकारी उहाँमा छ । अबको आवश्यकता उनको  मिसन, भिजन र गोलमा  नेतृत्वलाई सशक्त साथ दिनु हो ।


    निष्कर्षः 
    अब समय आयो–हामी सबैले हातेमालो गर्ने । जात, भाषा, धर्म र भूगोलभन्दा माथि उठेर एकजुट हुने । प्रविधि, सीप, विचार र श्रमलाई राष्ट्र निर्माणमा लगाउने । हाम्रै पुस्ताले बनाउने हो–विश्व समुदायको गन्तव्य नेपाल ।

    मलेसियालाई महाथिरले बनाए, 
    सिङ्गापुरलाई लि क्वान युले बनाए,
    चीनलाई देङ स्याओ पिङले बनाए,
    युएईलाई शेख जायेदले बनाए,

    अब नेपाल बनाउने जिम्मेवारी ओलीको नेतृत्वमा हामी युवाहरूको काँधमा आएको छ । आउँ, समृद्ध नेपालको सपना साकार बनाऔं ।

    विराट एकताको संकल्प गरौं !
    समृद्ध नेपाल, सुखी नेपाली
    विश्वको आकर्षणः नव नेपाल

    (लेखक ज्ञवाली नेकपा एमाले बुटवलका निवर्तमान अध्यक्ष तथा रूपन्देहीका नेता हुन् ।)

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij