२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा भन्सारबाट गत वर्षभन्दा १४ अर्ब बढी राजस्व संकलन

भैरहवा भन्सारबाट गत वर्षभन्दा १४ अर्ब बढी राजस्व संकलन

भैरहवा भन्सारबाट गत वर्षभन्दा १४ अर्ब बढी राजस्व संकलन

भैरहवा भन्सारबाट गत वर्षभन्दा १४ अर्ब बढी राजस्व संकलन

भैरहवा भन्सारबाट गत वर्षभन्दा १४ अर्ब बढी राजस्व संकलन
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • भैरहवा । मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले ४ वर्षदेखि राजस्व लक्ष्य पार गर्न सकेको छैन । वर्षेनी बढ्दो लक्ष्य र केही नीतिगत कारणले ४ वर्षको अवधि मा एक महिनामा मात्रै राजस्व संकलन लक्ष्य पार भएको छ । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हालसम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको छैन । 


    कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१÷०८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७ दशमलव ०७  प्रतिशत राजस्व संकलन गरेको होे । अघिल्लो आर्थिक वर्ष २०८०-८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०–८१ मा ८० अर्ब ७२ करोड रुपैयाँ अर्थात् ६३ दशमलव २४ प्रतिशत राजस्व संकलन गरेको थियो । बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा भन्सारले राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको हो । राजस्व लक्ष्य पुरा नभए पनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात् १७ दशमलव ७५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 


    अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा असुलीमा सुधार भएको देखिएको छ । भैरहवा भन्सार कार्यालयले तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–०८२ मा २ खर्ब ६३ अर्ब ८२ करोड मूल्यका विभिन्न सामान आयात हुँदा २० अर्ब ९२ करोडको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ दशमलव ९९ प्रतिशत निर्यातमा वृद्धि हँुदा व्यापार घाटा कम भएको छ । 


    भन्सार कार्यालयको तथ्याङ्क अनुसार २०७७-०७८ पछि लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन । वर्षेनी बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजस्व संकलन भने हुन पाएको छैन । 


    कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८-०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९-८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यको ६३  प्रतिशत, आर्थिक वर्ष २०८१-८२ मा लक्ष्यको ८७  प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसकेको भन्सार प्रमुखको भनाइ छ ।


    भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार २०८१ साउन देखि २०८२ असार सम्ममा सबैभन्दा धेरै १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजारको आयात भएको छ जसबाट १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको छ । 


    यस्तै ४ अर्ब १५ करोड १५ लाख ३८ हजारको ३ हजार ७ सय ६१ थान जीप, कार, भ्यान आयात भई १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजस्व असुली भएको छ । यसैगरी ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यको पेट्रोल आयात भई ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व संकलन भएको छ ।


    भन्सारका अनुसार डबल पिकअप गाडी, शुद्ध फलाम, मोवाइल–टेलिफोन, एमएस बिलेट, चकलेट र एलपी ग्यास समेतबाट अर्बौं रुपैयाँ राजस्व संकलन भएको छ । प्रमुख १० बस्तुको राजश्वमा योगदान ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार छ । यो कुल राजस्व अशुलीको ४७ दशमलव १५ प्रतिशत रहेको सूचना अधिकारी चौधरीले बताए ।


    भन्सारका अनुसार गत वर्ष २०८१ को साउनमा ८ अर्ब ७७ करोड २२ लाख ३५ हजार असुली लक्ष्य रहेकोमा ७ अर्ब ३२ करोड ८१ लाख ८३ हजार, भदौमा ९ अर्ब ९१ करोड ४४ लाख २१ हजार लक्ष्य रहेकोमा ८ अर्ब ९२ करोड ७१ लाख ९१ हजार, असोजमा ८ अर्ब ७८ करोड १६ लाख ८६ हजार लक्ष्य रहेकोमा ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार, कार्तिकमा ८ अर्ब ५७ करोड २७ लाख ८१ हजार लक्ष्य रहेकोमा ७ अर्ब १२ करोड ९७ लाख ८३ हजार, मंसिरमा ८ अर्ब ४७ करोड ६४ लाख ७१ हजार लक्ष्य रहेकोमा ६ अर्ब ९६ करोड ४३ लाख ४४ हजार राजस्व असुली भएको छ । 


    यस्तै, पुसमा ८ अर्ब ५१ करोड ५३ लाख ८० हजार असुली लक्ष्य रहेकोमा ६ अर्ब ८६ करोड ६१ लाख ३४ हजार, माघमा ८ अर्ब ३२ करोड ९९ लाख ४४ हजार लक्ष्य रहेकोमा ७ अर्ब १४ करोड ७६ लाख ७ हजार, फागुनमा ९ अर्ब १३ करोड ३२ लाख २२ हजार लक्ष्यमा ७ अर्ब २३ करोड ४४ लाख १६ हजार, चैतमा ९ अर्ब ५७ करोड ९१ लाख ६२ हजार लक्ष्यमा ८ अर्ब २३ करोड ५२ लाख ७० लाख, बैशाखमा ९ अर्ब ३७ करोड ५० लाख ८७ हजार लक्ष्य रहेकोमा ८ अर्ब ९६ करोड १० लाख १९ हजार, जेठमा १० अर्ब ३८ करोड ५१ लाख ९८ हजार लक्ष्यमा ९ अर्ब ९० करोड २४ हजार र असारमा ९ अर्ब ४९ करोड ६६ लाख ६५ हजार लक्ष्य रहेकोमा ८ अर्ब ४९ करोड ४८ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।


    कार्यालयले २०७८ मंसिरसम्म लक्ष्यअनुरुप सफलता हासिल गर्दै गए पनि पुस ५ गतेबाट लागु भएको प्रावधानले आयातमा कमि हँुदै आएको हो । मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योग्दान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरु पनि डाइभर्ट भएको छ । 


    यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाइ छ । पुल भाँचिदा र सडक निर्माणको कार्यले गर्दा पनि केही अवरोध भएको हो । राजस्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित भएको छ गाडी, मोटरसाइकल, डिजल, पेट्रोल, औधोगिक कच्चा पदार्थहरुको आयातमा कमि आएको छ, यस्तै विभिन्न राजस्व छुट, चोरीतस्करी, भारतीय अवरोध तथा नीतिगत फेरबदल, बुटवल –नारायणगढ सडकको कठिनाइको कारण अन्य नाकाबाट काम गर्न आयातकर्ता बध्य भएको प्रमुखले बताए । 


    पछिल्लो समय भन्सारले सेवा प्रवाह सरलीकृत गर्दै लगेको छ भने अवैध पैठारी रोक्न सीमा क्षेत्रमा गस्ती तिव्र पारेको छ । जस प्याज, कपडा, चिनी, सूर्ति जन्य बस्तु किरानाका सामान सहित मानिस र सवारीसाधनलगायतका लाखौं मूल्यका सामान बरामद भएको छ ।


    भन्सार कार्यालयका अनुसार भन्सार कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अन्य निकायबाट बरामद गरिएको अवैध सामानका ११७४ वटा मुद्दा जिम्मेवारी सरी ३१ करोड ७१ लाख ९६ हजार मूल्य बराबरको अवैध सामान नियन्त्रणमा यहाँ आएको हो । यस्तै एक वर्षको अवधिमा र जिम्मेवारी सरि आएको मुद्दामध्ये ९ सय ४ वटा फछ्र्यौट भई २७० वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । 
    भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भने १ खर्ब १३ अर्बको लक्ष्य तोकेको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij