२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

तस्विरहरु : कृष्ण भण्डारी/लुम्बिनी पत्रिका

रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

तस्विरहरु : कृष्ण भण्डारी/लुम्बिनी पत्रिका

रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • बुटवल  । आज साउन महिनाको पहिलो सोमबार रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो लागरिहेको छ । पश्चिम नेपालकै पशुपतिनाथ भनेर चिनिने यो धाम बोलबम धामको रूपमा नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि आउने दर्शनार्थीहरूको ठूलो भिड लाग्ने गरेको छ । नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी साउन महिनाभरी सोमबारका दिन पहेंलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ ।

    bolbom (1).jpg

    अन्य महिनाभन्दा साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै साउन महिनाका सोमबार शिव मन्दिरहरूमा पूजा गर्दै शुद्ध जल र दूध चढाउने तथा दान गर्ने परम्परा पनि छ । यहाँ रहेको शिव ज्योतिर्लिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । शिव ज्योतिर्लिङ्गमा जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

    bolbom (2).jpg

    यही विश्वासका साथ हरेक वर्ष कपिलवस्तुको रामघाट, लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायत भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्लासहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरू जलार्पणका लागि यहाँ आउने गर्दछन् ।
    पर्रोहा परमेश्वर बोलबम धामका अध्यक्ष चित्र बहादुर कार्कीले पर्रोहा बोलबम धाममा गुरु पुर्णिमादेखि सुरु हुने श्रावणी जलापर्ण यात्रा कार्यक्रम २०८२ सुरु भएको बताउँदै अघिल्लो सोमबारदेखी नै यहाँ भक्तजनहरु आएको जानकारी दिए ।  

    bolbom (3).jpg

    बोलबम धाम आउने दर्शनार्थीलाई शिवालयको दर्शन गर्न र शिवज्योतिर्लिङ्गमा जलार्पण गर्न सहज होस् भनी बिहान ४ बजेदेखि नै जलार्पणको व्यवस्थापन गरिएको उनले जानकारी दिए । उनले गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म हरेक दिन धाममा रहेको शिवालय र शिवज्योतिर्लिङ्गमा जलार्पण भइरहने भएपनि सोमबार दर्शनार्थीको घुईचो हुने बताए।

    bolbom (4).jpg

    बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा रहेको पर्रोहा परमेश्वर बोलबम धाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। जहाँ मुख्य मन्दिर, १०८ शिवलिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति राखिएको छ भने गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर निर्माण गरिएको छन् । मुक्तिनाथ र पशुपतिनाथ पछि सबैभन्दा ठूलो धामको रूपमा पर्रोहा बोलबम धामलाई विकास गर्ने र वार्षिक १२ लाख पर्यटक भित्राउने योजना रहेको धामको दावी छ ।

    bolbom (6).jpg

    bolbom (5).jpg

    bolbom (8).jpg

    bolbom (7).jpg

    bolbom (9).jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij