बुटवल । बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा कक्षा ११ को व्यवस्थापन र शिक्षा समूहका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोखरेलले अनुशासन, धैर्यता र दीर्घकालीन सोचमार्फत सफलता हासिल गर्न सकिने बताए।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक दिपक ढकालले व्यवस्थापन समूहका अवसरबारे प्रकाश पारे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए भने सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यालयको आचार संहिता २०८२ विद्यालयका नीति नियम बारेमा सहजीकरण गरेका थिए ।
व्यवस्थापन समुह कक्षा १२ की विद्यार्थी सुस्मिता के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरेकाे स्वागत मन्तब्य रहेकाे थियाे । कार्यक्रममा विद्यालयका संस्कृतिक संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ र कानुन समुहलाई पहिलो चरणमा व्यवस्थापन समूह अन्तरगत होटल व्यवस्थापनलाई दोस्रो चरणमा र होटल व्यवस्थापन बाहेक कम्प्युटर, वित्ताशास्त्र, बजारशास्त्र, अर्थशास्त्र विषय अध्ययन गर्ने र शिक्षा समुहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई तेस्रो चरणमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समुहमा करिव १२ सय विद्यार्थीहरु भर्ना भएका छन् विद्यालयमा हालै मन्टेश्वरी देखि १२ सम्म ५ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छ ।




