२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नीतिगत सुधारको प्रभाव

नीतिगत सुधारको प्रभाव

नीतिगत सुधारको प्रभाव

नीतिगत सुधारको प्रभाव

नीतिगत सुधारको प्रभाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • आर्थिक वर्ष २०८१-०८२ मा सात सय वटा नयाँ उद्योग दर्ता भएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेकोमा गत वर्ष यो संख्या दोब्बरभन्दा बढी देखिएको छ । सरकारले नीतिगत सुधार गरेपछि औद्योगिक वातावरण बनेको छ । गत आर्थिक वर्ष दर्ता भएको उद्योगको संख्या हेर्दा मुलुकमा लगानी गर्न व्यवसायी उत्साहित भएको देखिएको हो ।


    सरकारले  गत वर्ष पुराना कानुनहरूको संशोधन तथा प्रक्रियागत झन्झट हटाउन गरेका कामले अहिले नतिजा देखिन थालेको छ । आर्थिक वर्ष २०८१ को लगानी सम्मेलनअघि आठ वटा अर्थकेन्द्रित कानुनहरू संशोधन गरिएका थिए । त्यस्तै, २०८१ पुस महिनामा  १३ वटा कानुन संशोधन भए । अहिले देखिएको उत्साह यिनै कानुनको सुधारले हो । सरकारले गत बैशाखमा ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्गबाट सरकारी कार्यालयमा भौतिक उपस्थितिबिना नै दर्ता गर्न सकिने र आइसिटी क्षेत्रमा न्यूनतम विदेशी लगानीको सीमा नलाग्ने व्यवस्था गरेको थियो । जसले सबैभन्दा उत्साह सूचना प्रविधि क्षेत्रमा देखिएको छ । नेपाली बजार सानो हुने र विदेशी बजारमा आफ्नो पहुँच विस्तारका लागि केही लगानी गर्नुपर्ने आइटी उद्यमीहरूको माग थियो । यो मागलाई पूरा गरेर सरकारले लगानी ल्याउने मात्रै होइन, विदेशमा कमाएको पैसा सहजै ल्याउने वातावरण तयार पार्नु सकारात्मक छ । सरकारले गरेका मुख्य तीन काम–स्वचालित मार्गबाट उद्योग दर्ता तथा आइसिटी क्षेत्रलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था, शाखा वा सम्पर्क कार्यालय खोल्नका लागि विदेशमा लगानी खुला र केही कर प्रोत्साहनका कारणले पनि यस क्षेत्रमा आकर्षण बढेको देखिन्छ ।


    तर सरकारले गर्नुपर्ने काम अझै धेरै छन् । कानुनमा सुधार भएको छ, तर कानुनले तोकेको काम गर्ने नियमावली र कार्यविधि अझै बन्न नसक्नुले ढिलासुस्ती छर्लङ्ग देखिन्छ । पुसमा आएको लगानी कानुनको भावअनुसार अझै कार्यविधि तथा निर्देशिकाहरू बनेका छैनन् । कार्यविधि र नियमावली तयार गर्न मन्त्रालयहरु किन ढिलासुस्ती गरिरहेका छन् ? नीतिगत सुधारको प्रस्थानविन्दु मानेर निरन्तर मातहतको निकायलाई क्रियाशिल बनाउन मन्त्रालय तहबाट काम हुनुपर्छ । सरकारले समृद्ध मुलुकको सपना साकार पार्न समृद्धि नेपाल सुखी नेपालीको संकल्प गरेकाले औद्योगिक लगानीको वातावरणलाई व्यवहारमा उर्तान अहिलेको काम गर्ने शैलीमा धेरै परिवर्तन गर्न आवश्यक छ । नीतिगत सुधार एकातिर छँदैछ, अर्कोतिर कर्मचारी संयन्त्रको काम गर्ने शैली, आचरण र व्यवहारमा पनि सुधारको खाँचो छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij