२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महेशपुर भन्सारले ८१/८२मा गर्याे १६ करोड राजस्व सङ्कलन

महेशपुर भन्सारले ८१/८२मा गर्याे १६ करोड राजस्व सङ्कलन

महेशपुर भन्सारले ८१/८२मा गर्याे १६ करोड राजस्व सङ्कलन

महेशपुर भन्सारले ८१/८२मा गर्याे १६ करोड राजस्व सङ्कलन

महेशपुर भन्सारले ८१/८२मा गर्याे १६ करोड राजस्व सङ्कलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा र १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ ।

    भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१/८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो ।

    भन्सार महसुल आयाततर्फ रु १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ रु १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर)तर्फ रु पाँच लाख ४८ हजार, अग्रिम आयकर रु २७ हजार र मूल्य अभिवृद्धिकर रु चार करोड ८३ लाख आठ हजार सङ्कलन भएको छ ।

    यसैगरी अन्तःशुल्क रु ४८ लाख ६२ हजार, सडक मर्मत तथा सुधार दस्तुर रु पाँच लाख १२ हजार, हरित कर रु ११ लाख ३५ हजार, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) रु ११ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij