२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यसरी उठाइँदैछ एक खर्ब १३ अर्ब आन्तरिक ऋण

यसरी उठाइँदैछ एक खर्ब १३ अर्ब आन्तरिक ऋण

यसरी उठाइँदैछ एक खर्ब १३ अर्ब आन्तरिक ऋण

यसरी उठाइँदैछ एक खर्ब १३ अर्ब आन्तरिक ऋण

यसरी उठाइँदैछ एक खर्ब १३ अर्ब आन्तरिक ऋण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।

    कार्यतालिका अनुसार कार्यालयले १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । पाँच वर्षे रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका छ ।


    ट्रेजरी बिलमार्फत २५ अर्ब तथा विकास ऋणपत्रमार्फत ६० अर्ब उठाइनेछ । उक्त अवधिमा पाँच अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँचवटा ट्रेजरी बिल बिक्री गरिनेछ । १० अर्ब बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका ६ वटा विकास ऋणपत्र बिक्री गरिनेछ ।
     
    कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा  एक खर्ब नौ अर्ब आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब उठाइनेछ ।  पाँच वर्षे अवधिको दुई अर्ब ५० करोडको नागरिक बचतपत्र तथा ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।  कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा रु ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ ।
     
    उक्त अवधिमा पाँच अर्ब बराबरका ११ वटा ट्रेजरी बिलमार्फत ५५ अर्ब उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ रु ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ रु चार खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
     
    बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट रु तीन खर्ब ६२ अर्ब, बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भएअनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, टे«जरी बिल र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij