२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संघीय सरकारले गर्‍यो मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा

संघीय सरकारले गर्‍यो मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा

संघीय सरकारले गर्‍यो मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा

संघीय सरकारले गर्‍यो मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा

संघीय सरकारले गर्‍यो मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । खडेरीको सामना गरिरहेको मधेस प्रदेशलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेसका आठ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले जानकारी दिए ।

    “अन्न भण्डारको रूपमा चिनिएको मधेस प्रदेशमा खानेपानी र सिँचाइको चरम अभाव हुँदा जनजीवन संकटग्रस्त बनेको छ । त्यसैले, मन्त्रिपरिषद्को निर्णयबाटै सरकारले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ,” मन्त्री चौरासियाले भने, “अब सरकारले खानेपानी र सिँचाइका लागि आवश्यक प्रबन्धका लागि हर प्रयत्न अघि बढाउनेछ ।” मन्त्री चौरासियाले सरकारले सम्भव सबै प्रक्रिया अपनाएर समस्या सम्बोधनको प्रयास गर्ने बताए ।

    “अब डिप बोरिङ, नदीनालाबाट पम्प गरी पानी तानेर सिँचाइको प्रबन्धसहितका सबै प्रयास अघि बढाउँछ,” चौरासियाले भने, “खानेपानीका लागि तत्काल ट्यांकरमार्फत र दीर्घकालमा वैकल्पिक व्यवस्थामार्फत प्रबन्धको प्रयत्न अघि बढाउँछ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij