२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ऐतिहासिक जिज्यु  बज्जैको लोकप्रियता बढ्दै

ऐतिहासिक जिज्यु  बज्जैको लोकप्रियता बढ्दै

ऐतिहासिक जिज्यु  बज्जैको लोकप्रियता बढ्दै

ऐतिहासिक जिज्यु  बज्जैको लोकप्रियता बढ्दै

ऐतिहासिक जिज्यु  बज्जैको लोकप्रियता बढ्दै
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा एउटा यस्तो ऐतिहासिक क्षेत्र छ, जुन केही समय पहिलेसम्म ओझेलमा थियो भने अहिले लोकप्रिय बनिरहेको छ ।

    विरवास क्षेत्रमा रहेको वन जङ्गलमा गाउँले नै घाँसदाउरा गर्न जाने गरेका थिए । सोहिक्रममा गाउँका सूर्यवंशी थरका मगर समुदायका दुई कन्या चेलीहरू घाँस दाउरा गर्न गएका थिए तर फर्केर नआएको सो क्षेत्रका जानकारहरु बताउँछन् । 


    लामो सय खोजतलास गर्न पनि नभएटिएपछि लामा झाँक्रि तथा ज्योतिसहरुले ती दुई चेलीहरू त्यहीँ जङ्गलमा शिला पल्टेर बिलाएका छन् भन्ने भन्ने गरेको र त्यहाँका शिलालाई जिज्यू बज्यैको रुपमा पुजा आजा गर्न थालेका छन् । 


    जिज्यू बज्जैका रूपमा अंगेराको रुख हुँदै चिउरीको रुख मुनी मगर समुदायले सुँगुर, कुखुरा, हाँस र परेवा सहितको बलि दिँदै पूजा गर्न थालेको जानकारहरु बताउँछन् । 


    ७३ वर्ष उमेर पुगेका त्यस गाउँका क्याप्टेन इन्द्र बहादुर रजाली त्यस शिलाको शक्ति आफूले सानो छदा प्रत्यक्ष देखेको बताउँछन् । उनी भन्छन्, ‘ भँडा च्याङ्ग्रा व्यापारका लागि भोट बाट आएका एक जना भोटे शिला रहेको चिउरीको रुखमा घाँस काट्न चढे तर उनी रुखको न तल न माथि हुने गरी अड्किए लामालाई हेराए पछि उनै शिलाको अपमान गरेकोले माफी स्वरूप भक्कल चढाए पछि उनले नव जीवन पाई घर फर्किएका थिए । ’


    त्यस यता ती दुई बहिनी जिज्यू बज्जैलाई भाकल गरे मनोकामना पुरा हुने जनविश्वास छ ।जहाँ बर्सेनि असारको औशी पछि विभिन्न तिथि पारेर गरिने पूजामा सुँगुर कुखुरा हास परेवा गरी ५ सय भन्दा बढी वली चढाइने गरिएको छ । तिन दिन सम्म मनाइने असारेबार पर्व त्यहाँका मगर समुदायको दशै भन्दा ठुलो चाड हो । पुजा को दिन देखि ३ दिन सम्म घाँसपातको नाममा झार समेत छुन नहुने चलन छ । 


    दुई दिन अघि नै तिन दिन लाई पुग्ने घाँस तयार गरिने जिज्यू बज्जै मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष यम बहादुर पल्लिले बताए । गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले मगर समुदायको मौलिक कला संस्कृति भेषभुषा अन्य प्रचलनको खानी मानिने बिरबासमा रहेको जिज्यू बाजे मन्दिर नेपाल मै नभएकोले प्रचार प्रसारका लागि सञ्चारमाध्यमले ध्यान दिन आग्रह गरे । 


    कार्यक्रममा उपाध्यक्ष तारा थापा ढेगा , प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीको विशेष आतिथ्यता  रहेको थियो । राती अबेर सम्म मगर पन्चे बाजा, सोरेठी नाच , मगर चेलीहरूका अन्य विभिन्न प्रस्तुतिले मनोरञ्जनमय बिरबास बनेको थियो । 


    कार्यक्रममा पन्चे बाज प्रतियोगिता पनि भएको थियो । जसमा रेसुङ्गा नगरपालिका १४ स्थित घोर्ले मगर बाजा समूह प्रथम भएको छ भने गुल्मी दरबार गाउँपालिका ४ को जिमी पन्चे बाजा मगर समूह दोस्रो भएका छन् । 


    पहिलो र दोस्रो पुरस्कार सौजन्य त्यस वडाका वडाध्यक्ष देविराम पोख्रेलले गर्नु भएको थियो । यस पर्व मनाउनका लागि त्यहाँका मगर समुदायका मानिसहरू काठमाडौँ , बुटवल लगायतका ठुला सहरहरूबाट आई पुगेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij