२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अन्ततः रूकुमकोट सदरमुकाम

अन्ततः रूकुमकोट सदरमुकाम

अन्ततः रूकुमकोट सदरमुकाम

अन्ततः रूकुमकोट सदरमुकाम

अन्ततः रूकुमकोट सदरमुकाम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • सरकारले रूकुम पूर्व जिल्लाको सदरमुकाम रुकुमकोट कायम गर्ने निर्णय गरेको छ । रूकुम पूर्वको सदरमुकामसम्बन्धी विवाद सडकदेखि अदालतसम्म पुगेको हो । अदालतको फैसलापछि आवश्यक प्रक्रिया पूरा गरेर सरकारले रूकुमकोटलाई कायम गर्ने निर्णय गरेर विवादको सहज अवतरण गरेको छ ।


    स्थानीय बासिन्दाको भावनामाथि राजनैतिक नेतृत्व खेल्दा विवाद चर्किएकोमा दुईमत छैन । राजनैतिक स्वार्थको जालोमा गोलखाडा कि रूकुमकोट भन्ने विषय चर्किएको हो । कहिले रूकुमकोट त कहिले गोलखाडा कायम गर्ने निर्णयले पूर्वी रूकुमवासीलाई दुई समूहमा बाँड्यो, क्षेत्रीय द्वन्द्वको आगो सल्किएपछि कति समस्या चर्किन्छ भन्ने यो एउटा उदाहरण हो । जातीय र क्षेत्रीय द्वन्द्व कति घातक हुन्छन् भन्ने उदाहरण रूकुम पूर्वको सदरमुकामको विषय हो ।


    वि.सं २०१८ सालमा नेपालमा रहेका ३६ जिल्लालाई बढाएर ७५ वटा बनाएपछि तत्कालीन जाजरकोट र सल्यान जिल्लाको केही भू–भाग मिलाएर रुकुम जिल्ला कायम भएको थियो । त्यसपछि २०१९ सालदेखि २०२९ चैतसम्म जिल्ला सदरमुकाम रुकुमकोट नै थियो । २०३० बैशाखमा यहाँबाट जिल्ला सदरमुकाम हालको रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोटमा सारेको इतिहास छ । यसपछि २०७२ असोज ३ गते जारी भएको नयाँ संविधानले रुकुम पूर्व भाग छुट्टै जिल्लाका रुपमा रहने व्यवस्था ग¥यो ।

    त्यसपछि रूकुमकोटमा विभिन्न सरकारी कार्यालय उद्घाटन भए । कार्यालय उद्घाटन भएको केही महिनामै २०७४ माघ १५ गते सरकारले जिल्ला सदरमुकाम रूकुमकोटको सट्टा पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडामा हुनेभनेर निर्णय गरिदियो । यहीविन्दुबाट विवाद चर्केर सर्वोच्च अदालतसम्म पुग्यो । अर्कोतिर सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै गोलखाडा पक्षधर दिनहुँ रूकुमकोटमा आन्दोलन गरे, आन्दोलन चर्केर हिंसात्मक बन्यो । सर्वाेच्च अदालतमा परेको रिट उपर २०८० भदौ १७ गते तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासले ‘यसअघि गरेको सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर भएको’ भनेर सरकारका नाममा परमादेश जारी ग¥यो । उक्त आदेशमा ‘पर्याप्त आधार र मापदण्डलाई टेकेर पुनः सरकारले सदरमुकाम तोक्नुपर्ने तथा सदरमुकाम तोक्दा मापदण्ड बनाएर सदरमुकाम सार्ने वा तोक्ने गर्नु’ भन्ने आदेश भयो  । अदालतको आदेशका आधारमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर जिल्ला सदरमुकामको विषयमा सरकारले निर्णय गरेको छ । रूकुमकोट सदरमुकाम तोक्ने निर्णय गर्नु जति जायज छ, असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याउने काम तहगत सरकारबाट हुनुपर्छ । द्वन्द्वले बल्झिएको घाउलाई बढाउनुहुन्न । नागरिकको कुडिएको मनलाई बिर्साउने वातावरण उचित अभिभावकत्व दिएर मात्रै सम्भव छ ।


    रूकुमकोट तीब्र गतिमा शहरीकरण भइरहेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने यो नयाँ शहरको रूपमा विकास हुँदैछ । शहरीकरणलाई योजनाबद्ध तरिकाले अघि बढाएर भविष्यमा अर्को अस्तव्यस्त शहर बन्नबाट रोक्नुपर्छ । अबको प्राथमिकता योजनाबद्ध विकासको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij