परासी
पश्चिम नवलपरासीमा उद्योग खारेज गर्ने संख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग व्यवसाय नयाँ दर्ता संख्याभन्दा खारेज गर्ने संख्या बढ्दै गएको हो ।
जिल्लामा घरेलु कार्यालयमा ०८१।०८२असार मसान्तसम्म ७ सय ३ वटा उद्योग वाणिज्य फर्म व्यवसाय दर्ता भएकोमा जसमध्ये ३ सय ८० उद्योग र वाणिज्य फर्म गरी खारेज भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका अधिकृत एवम् सूचना अधिकारी कृष्ण काफ्लेले जानकारी दिए ।
उनकाअनुसार गत वर्ष ०८०-०८१ मा ९ सय ३७ वटा उद्योग व्यवसाय दर्ता भएकोमा २ सय ५७ उद्योग खारेज भएको सूचना अधिकारी काफ्लेले बताए । नवलपरासीमा दुई वर्षको अवधिमा ६ सय ३७ वटा उद्योग वाणिज्य फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
उद्योग वाणिज्य फर्म खारेज हुनुको प्रमुख कारण बैंकको चर्को व्याज तिर्न नसकेर र व्यवसायहरु नचलेको तथा आर्थिक मन्दीले उद्योग व्यवसाय खारेज गर्नेको संख्या वृद्धि भएको हो ।
कार्यालयले ०८१-०८२ मा कुल राजस्व ८८ लाख १७ हजार ३ सय ६७ रुपैयाँ संकलन गरेको छ । गतवर्ष ०८०-०८१ असार मसान्तसम्म ८१ लाख ५८ हजार तीन सय ७० रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालयले तथ्याडक उल्लेख गरेको छ । गतवर्षको तुलनमा यसवर्षको ८ प्रतिशत राजस्वमा संकलनमा वृद्धि देखिएको छ ।
जिल्लामा यस वर्ष २०८१ र ०८२ को असार मसान्तसम्म ७ सय ३ वटा उद्योग र वाणिज्य व्यवासय दर्ता भएको छ । जसमा ३ सय १७ उद्योग र वाणिज्य ३ सय ८६ गरी ७ सय ३ वटा नयाँ उद्योग वाणिज्य फर्म दर्ता भएको कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा गत बर्ष आठ सय ७८ वटा व्यवसाय नयाँ दर्ता भएका थिए ।
सबैभन्दा बढी कृषि तथा पशुपालन फर्महरु दर्ता भएका छन् भने वाणिज्यतर्फ किराना तथा खाद्यान्न बिक्री पसलहरु धेरै दर्ता भएका छन् । व्यवसाय दर्ता गर्ने व्यवसायीहरु गत वर्षभन्दा यस वर्ष कम देखिएको छ ।




