२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्द कलेजद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

मणिमुकुन्द कलेजद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

विद्यार्थीलाई अनुशासित र संस्कारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

मणिमुकुन्द कलेजद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

मणिमुकुन्द कलेजद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

विद्यार्थीलाई अनुशासित र संस्कारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

मणिमुकुन्द कलेजद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • बुटवल । विद्यार्थीहरुलाई पढाईसंगै अनुशासित र संस्कारयुक्त बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 
    मणिमुकुन्द कलेज बुटवलले कक्षा ११ मा भर्ना भएका विद्यार्थी र अभिभावकका लागि गरेको अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले अनुशासन र संस्कारविनाको शिक्षाले व्यक्तिको जीवन पूर्णरुपमा सार्थक हुन नसक्ने बताए ।
    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख साबित्रदेवि अर्यालले अभिभावकले घरमा र शैक्षिक संस्थाले विद्यालय र कलेजमा विद्यार्थीलाई आफनो संस्कार, संस्कृति सिकाएर  नैतिकवान बनाउनुपर्ने आग्रह गरिन् । उनले आफ्ना बच्चालाई अत्यधिक मोबाइल प्रयोगको कुलतबाट जोगाउन पनि अभिभावकसंग आग्रह गरिन् । 
    उनले १२ कक्षा उत्तिर्ण गर्ने वित्तिकै विदेश जानु भन्दा आफ्नै देशमा उद्यम वा रोजगारको सम्भावना देख्न विद्यार्थीलाई आग्रह गरिन् ।
    बुटवल शिक्षाको हब बन्दै गएको बताउंदै उपप्रमुख अर्यालले निजी विद्यालय चलाउन चुनौतीपूर्ण रहेको बताइन् । निजी शैक्षिक संस्था नभएको भए सरकारी विद्यालयले मात्रै सबै विद्यार्थी पढाउन सक्ने अवस्था नभएको प्रष्ट पार्दै उनले निजी स्कूल कलेजलाई सरकारले सकारात्मक दृष्टिले हेर्नुपर्ने बताइन् । 
    संस्थाका प्राचार्य टूकबहादुर क्षेत्रीले सहभागीलाई  स्वागत गर्दै  २०५६ सालमा स्थापना भएर निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै  आएको बताए । पढाइ सँगै खेलकुद र  अतिरिक्त क्रियाकलापमा पनि मणिमुकुन्द अब्बल रहेको उनले बताए ।
    उकृष्ट नतिजाका लागि कलेजका प्राध्यापक, बिद्यार्थी र अभिभावक सबैको मिहिनेत र लगनशीलता  हुनुपर्ने बताए । प्राचार्य  क्षेत्रीले  अभिभावकहरुले  कलेज भर्ना गराएपछि सबै जिम्मेवारी कलेजको हो भन्ने नठानी छोरा छोरीहरूको दैनिक गतिविधि र व्यवहारको सुक्ष्म निगरानी गर्नुपर्ने सुझाब दिए ।  कार्यक्रममा संस्थाका अध्यक्ष गमप्रसाद रेश्मीमगर, राष्ट्रिय परीक्षा बोर्ड बुटवल वरिष्ठ अधिकृत बाबुराम भण्डारी,प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देही अध्यक्ष कृष्णबहादुर न्यौपाने, अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, संस्थाका सञ्चालक उमापति न्यौपाने, संस्थाका व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी,विद्यार्थीहरु एन्जल न्यौपाने लगायतले बोल्दै विद्यार्थीमैत्री पढाई, सुविधासम्पन्न भौतिक पुर्वाधार र प्रयोगशाला तथा अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजाका कारण मणिमुकुन्द लुम्बिनी प्रदेशकै अब्बल शैक्षिक संस्था बनेको बताए ।  
     कार्यक्रममा खेमराज रेग्मीले विद्यार्थी र अभिभावकलाई अभिमुखकिरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij