केशव पराजुली
नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पुनर्बासका पशुपति पोखरेलले मौरी पालन व्यवसायबाट वार्षिक रुपमा ५ लाख आम्दानी गर्दै आएका छन् । एक घारबाट सुरु गरेको मौरी पालन अहिले व्यवसायीकरुपमा परिणत भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १ पुनर्बासमा रहेको नमूना मौरी पालन व्यवसायिक रुपमा अगाडि बढेको हो । पाल्पाको सोमादीबाट बसाईसराइ गरेर नवलपरासीको बर्दघाटमा २०५० सालमा पोखरेल नवलपरासी आएका थिए । नवलपरासी आएपछि वैदेशिक रोजगारीका लागि दुवई गएका पोखरेलकी श्रीमतीले घरमा एक घारबाट सुरु गरेको मौरी पालन अहिले व्यवसायिक रुपमा अगाडि बढेको छ ।
श्रीमान विदेश गएको भए पनि घरमा श्रीमतीले मौरी व्यवसायलाई निरन्त्ररता दिँदै आएकि थिइन । विदेशमा रहेका पोखरेल केहि वर्षपछि घरमा आएर पौरी पालनलाई नै निरन्त्ररता दिन थालेका छन् । विदेश छाडेर नेपाल फर्किएका पोखरेलले मौरी पालन व्यवसायलाई अगाडि बढाउँदै गएपछि विदेश जान समेत छोडे । पोखरेलले अहिले आफ्नै घरमा ६० घार मौरी पाल्दै आएका छन् । पोखरेलको मौरी पालन व्यवसालाई कृषि ज्ञानकेन्द्र पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाले विभिन्न अनुदान दिने गरेको पोखरेलले बताए । वर्षमा ३० देखि ५० क्वीन्टलसम्म मह उपादन गर्ने पोखरेलले उत्पादन गरेको मह देशका विभिन्न शहरमा जाने गरेको बताए । तोरीको सीजनको बेला ५ सय प्रतिकेजि र अन्य फूलको मह ८ सय रुपैयाँ किलोमा बिक्री हुँदै आएको पोखरेलको भनाइ छ ।
मौरीमा कुनै रोग नलाग्ने भएका कारण पनि मौरी पालनमा व्यवसाय अन्य व्यवसाय जस्तो जोखीम भने नरहेको उनले बताए ।
भारतीय नक्कली महका कारण नेपाली मह व्यवसायीमा केही समस्या भएका कारण मर्कामा पर्ने गरेको भए पनि पछिल्लो समयमा नक्कली महको व्यपार गर्नेलाई कारबाही हुन थालेपछि बजारको समस्या नभएको पोखरेलको भनाई छ ।
बजारमा पाइने डाबर र पतञ्जलीको महको नाममा ठगी भैरहेको उनले बताए ।
आफूले उत्पादन गर्ने मह खाद्य प्रविधि प्रयोग शालाबाट परीक्षण गरेको प्रशोधित मह रहेको पोखरेलले भनाइ छ ।
पोखरेल र श्रीमतीले मौरी पालन व्यवसाय चलाउँदै आएको भए पनि सिजनमा केही व्यक्तिहरुलाई समेत रोजगारी दिने गरेको पोखरेलले बताए । सिजनमा मौरीलाई चराउन अन्यत्र लग्नु पर्दा केही व्यक्तिहरुलाई रोजगारी दिने गरेको उनको भनाइ छ ।




