२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

साइक्लिङका फाइदा

साइक्लिङका फाइदा

साइक्लिङका फाइदा

साइक्लिङका फाइदा

साइक्लिङका फाइदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • सहरी क्षेत्रमा साइकल गुडाउँदा हेल्मेट र मास्क अनिवार्य लगाउनुपर्छ । हेल्मेटले टाउकोको सुरक्षा गर्छ, त्यस्तै मास्कले प्रदूषणबाट जोगाउँछ । धुलो–धुवाँ धेरै उड्ने ठाउँको साटो तपाईंले प्रदूषणरहित र शान्त क्षेत्रमा साइकल चलाउनु राम्रो हुन्छ । त्यस्तै, टाढाको दूरीमा साइक्लिङ गर्दा समूहमा जानु राम्रो हुन्छ ।

    साइकल मर्मत गर्ने केही उपकरणहरू पनि आफूसँगै बोक्नुपर्ने हुन्छ । टुलबक्स बोकेर हिँड्दा राम्रो हुन्छ । साइकल पंचर पनि हुन सक्छ । त्यसैले लामो दूरी जाँदा ट्युब बोक्नुपर्छ । हावा हाल्नका लागि पम्प बोकेर हिँड्नुपर्छ । यस्तो हुँदा जहाँ बिग्रेको छ, त्यहीँ बनाएर हिँड्न सकिन्छ । साइकल सवारीका मानसिक तथा शारीरिक फाइदा धेरै छन् । यसले मानिसलाई निरोगी बनाउन सहयोग गर्छ । 

    स्वस्थ मुटु : नियमित साइकल चलाउँदा मुटुरोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम कम हुन्छ । 

    फिटनेस : साइकल चलाउँदा तपाईंको मांसपेशी बलियो हुन्छ । शरीरको लचिलोपन बढ्छ । यसले समग्र शरीरको कसरत गराउँछ । साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ । साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत 
    पाउन सकिन्छ । 

    तनाव कम हुन्छ : साइकल चलाउँदा मानिसको मस्तिष्क निकै सक्रिय रहन्छ । अन्य साइडबाट आइरहेका गाडी र मानिसलाई सचेततापूर्वक नियालेर साइकल गुडाइने भएकाले तपाईंको ध्यानशक्ति बढेर जान्छ । यसले तपाईंको मुडमा पनि सुधार ल्याउँछ । तपाईंलाई थप ऊर्जावान् महसुस गर्न सहयोग गर्दछ । 

    पाचन प्रणालीमा सुधार : दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । तपाईंको पाचन प्रणाली सुधार हुन्छ । त्यसपछि आफूलाई मन परेको खानाको मज्जा लिन सकिन्छ । 

    पर्यावरणमैत्री : साइकल सवारी पर्यावरणमैत्री छ । यसमा इन्धन आवश्यक पर्दैन । त्यसैले तपाईंको स्वास्थ्य मात्रै नभएर वरपरको वातावरणलाई स्वच्छ राख्न पनि यसले भूमिका खेल्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij