२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मलखादमा सास्ती भएपछि सडकमा उत्रिए किसान

मलखादमा सास्ती भएपछि सडकमा उत्रिए किसान

मल किनेर ल्याउँदा सीमामा प्रहरीको लाठी खानुपरेको किसानको गुनासो छ ।

मलखादमा सास्ती भएपछि सडकमा उत्रिए किसान

मलखादमा सास्ती भएपछि सडकमा उत्रिए किसान

मल किनेर ल्याउँदा सीमामा प्रहरीको लाठी खानुपरेको किसानको गुनासो छ ।

मलखादमा सास्ती भएपछि सडकमा उत्रिए किसान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • भैरहवा  
    कृषि प्रधान देशमा मलखादको लागि सास्ती खेप्नु परेको भन्दै रुपन्देहीको रोहिणीवासीले खबरदारीसभा गरेका छन् । किसान, युवा, बुद्धिजीविलगायतले रोहिणी–३ बैकुण्ठपुर चौराहामा विभिन्न मागहरु राख्दै खबरदारीसभा गरेका हुन् । 
    किसानको लागि मलखाद उपलब्ध गराऊ, ट्राफिक प्रहरीको जबरजस्ती बन्द गर, इलाका प्रहरी कार्यालय धकधईको मनोमानी बन्द गरलगायतका नाराहरु लगाउँदै किसानलाई मलको लागि सास्ती खेप्नुपरेपछि सभा गरिएको रोहिणी गाउँपालिकाका निवर्तमान प्रवक्ता सरोजकुमार पाण्डेले बताए । 


    अन्न उब्जाउन चाहिने मलखाद किनेर ल्याउँदा पुलिस प्रशासनले ज्यादति गरेको भन्दै सहज रुपमा किसानहरुलाई मल उपलब्ध गराउनु पर्ने माग उनले राखे । भारतमा २८० रुपैयाँ बोरा पर्ने मल नेपाल ल्याउँदा प्रहरीले दुःख दिएकोले बाध्य भएर दुई हजार रुपैयाँसम्म तिर्न परेको पाण्डेले बताए । 


    सभामा बोल्दै अनिरुद्र सहानी, बृजेशकुमार पाण्डे, हाजी सब्बीर मुखिया, गोबिन्द राज पाण्डे, विकास रायमाझी, सेराज अहमद खाँनलगायतले गोदाममा मल संचित हँुदा पनि किसानलाई मल नदिएको बताए । किसानको पीडा कसैले बुभ्mन नसक्ने बताउँदै नेतालाई फोन गरेर मल लिनुपर्ने अवस्था सृजना भएको बताए । 


    सिमाको रक्षा वर्षौंदेखि मधेसी समुदायले गर्दै आए पनि अहिलेको अवस्थामा मधेशी किसानहरुलाई कृषि पेशा छोड्न बाध्य बनाइएको उनीहरुको दाबी छ । मललाई लागुऔषध जस्तै व्यवहार सीमामा प्रहरीले गरेको किसानको आरोप छ ।


     जताततै बेथिति छ, स्थानीय सरकार, शिक्षा, स्वास्थ्य, कृषि सबै ठाउँमा व्यक्तिवाद र भ्रष्टाचारले लादिएको बताउँदै किसानले लाठी खाएर खेती गर्नुपर्ने, तस्करीको आरोप पनि किसानमाथि लागेकोले बाध्य भएर खबरदारीसभा आयोजना गरेको स्थानीय युवा इन्द्र आजादले बताए । हामीले जनदबाब कार्यक्रम आयोजना गरेका हौं, यसबाट सचेत भएनन् भने थप आन्दोलनको योजनामा रहेको उनले जनाए । किसानको समस्या स्थानीय सरकारले नसुनेको बताउँदै आजादले जनप्रतिनिधिले जनताको मत लिएर जिते पनि मतदाताको आवाज नसुनेको आरोप लगाए । 


    स्थानीय सरकारको व्यक्तिवादी व्यवहारले अनुदानको मल सबै आसेपासेले पाएका र किसानले नपाएको उनको दाबी छ । तस्करीको नाममा मलखाद नरोक्न उनले आग्रह गरे । 


    अर्का नेता महेन्द्र यादवले किसानको समस्या लिएर जागरुक बनाउने  काम भएको बताए  । सधँै खेतीपातीको समयमा मल अभावको समस्या आउने गरेको बताउँदै यादवले कमिशनको चक्करमा अनुदानको मल समयमा  नआएको आरोप लगाए । स्थानीय प्रशासनलाई दिएको निर्देशनले जनताले दुःख पाएको उनले  बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij