२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२६ करोड लागतमा सिँचाइ र तटबन्धन

२६ करोड लागतमा सिँचाइ र तटबन्धन

२६ करोड लागतमा सिँचाइ र तटबन्धन

२६ करोड लागतमा सिँचाइ र तटबन्धन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा 
    स्याङ्जामा आर्थिक वर्ष २०८१-०८२ मा झण्डै २६ करोडको लागतमा सिँचाइ र नदि नियन्त्रण अर्थात् तटबन्धन निर्माण गरिएको छ । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २५ करोड ५० लाखको लागतमा सिँचाइ र तटबन्धन निर्माणको काम गरेको हो ।


    कार्यालयको पुँजीगत कुल २७ करोड ९९ लाख ९ हजार बजेटमा ९१ दशमलब १० प्रतिशतले हुने २५ करोड ५० लाखको लागतमा सिँचाइ र तटबन्धनको काम गरेको छ । प्रदेशको पुँजीगत १३ करोड ९४ लाख ७८ हजार, संघीय सरकारको सशर्त ५ करोड ६२ लाख ६३ हजार र विशेष अनुदानतर्फको ६ करोड ४९ लाख ८२ हजारको लागतमा सिँचाइ तथा तटबन्धनको काम भएको छ ।
    उक्त बजेटबाट सिँचाइतर्फ झण्डै २७ किलोमिटर पक्की नहर र करिब ५ किलोमिटर पाइपलाइनको मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही शीर्षकमा १७ वटा कुलो तथा कुलोको मुहान र ६२ वटा सिँचाइका अन्य संचारनाको निर्माण तथा मर्मत गरेको हो । 


    आर्थिक वर्ष २०८१-०८२ मा २ सय ७५ हेक्टर जमिनमा पु¥याएको सिँचाइ सुविधालाई दिगो र टिकाउ बनाएको कार्यालय प्रमुख किरण आचार्यले बताए । 


    ‘कृषक कुलो सुधारबाट १ सय ९४, पुनस्र्थापना, सुधार र संरचना नविकरणबाट ८१ गरी २ सय ७५ हेक्टर जमिनमा सिँचाइ पु¥याएका छौं,’ प्रमुख आचार्य भने–‘नयाँ बनेका संरचना र मर्मत भएका योजनाहरु दिगो र टिकाउ छन् ।’


    सिँचाइ कार्यालयले गएको वर्ष ड्यामसहित झण्डै २९ सय २० मिटर लम्बाइको पक्की तटबन्धन, करिब ५ सय मिटर तारजालीसहितको पर्खाल (ग्याबिनवाल) र ६ वटा तटबन्धनका अन्य संरचना निर्माण गरेको छ । कार्यालयले ७ सय ३२ तारजालीको प्रयोगबाट नदी नियन्त्रणसँगै विपद्बाट क्षतिग्रस्त संरचना र भूक्षय नियन्त्रण र रोकथाममा योगदान पु¥याएको छ ।
    विशेष गरी फेदीखोलामा ४, आँधीखोलामा ९, पुतलीबजारमा १६, भीरकोटमा ६, वालिङमा १४, गल्याङ्मा ८, अर्जुनचौपारीमा ६ र कालीगण्डकीमा ३ वटा योजनाबाट दरौ, आँधीखोला तटबन्धन र सिँचाइ सुविधा विस्तारमा झण्डै १५ करोड खर्च गरिएको छ भने उता बिरुवामा २, हरिनासमा ४ र चापाकोटमा ११ योजनाबाट ज्यादीखोलाको नियन्त्रणलाई प्रथामिकता राखेर सिँचाइ सुविधा दिगो र भरपर्दो बनाउन १० करोडको हाराहारीमा रकमखर्च गरेको कार्यालयले जनाएको छ ।


    कार्यालयबाट सञ्चालित अधिकांश योजनाहरु बहुवर्षीय छन् भने धेरै योजनाहरु उपभोक्ता समितिबाटै निर्माण गरिन्छ । ठूला र नगन्य आधादर्जन योजनाहरु मात्रै टेण्डरबाट निर्माण भएको जानकारी दिँदै कार्यालयका सूचना अधिकारी सुनिल के.सी.ले गएको वर्ष जिल्लामा समिति र ठेक्कापट्टाबाट झण्डै ९० वटा योजनाहरुको निर्माण तथा मर्मत भएको जनाए ।


    जिल्लमा नहर तथा कुलोबाट करिब १० हजार र खहरेखोला, मौसमी वर्षातबाट झण्डै ६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुने सरकारी तथ्याङ्क छ । 


    सिँचाइका लागि नहर, कुलो निर्माण तथा सिञ्चित जमिनको क्षेत्रफल बढ्दै गए पनि खेतीयोग्य भू–भाग खुम्चदै गएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७-०७८ मा १६ हजार ८ सय ३० हेक्टर जमिन भएकोमा ४ वर्षको अन्तरमा पछिल्लो वर्ष १४ हजार हेक्टर मात्रै खेतीयोग्य जमिन रहेको तथ्याङ्कले देखाउँछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij