२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सय युनिट बढि रक्तदान गर्ने रुपन्देहीका ६६ संघसंस्था सम्मानित

सय युनिट बढि रक्तदान गर्ने रुपन्देहीका ६६ संघसंस्था सम्मानित

सय युनिट बढि रक्तदान गर्ने रुपन्देहीका ६६ संघसंस्था सम्मानित

सय युनिट बढि रक्तदान गर्ने रुपन्देहीका ६६ संघसंस्था सम्मानित

सय युनिट बढि रक्तदान गर्ने रुपन्देहीका ६६ संघसंस्था सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • बुटवल । ६० औं रक्तसञ्चार सेवा दिवशका अवसरमा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले वर्षभरि एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६६ संघसंस्थाहरुलाई सम्मान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो भइ १५ हजार रुपैयाँ र सम्मानपत्र तथा नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ ।

    रक्तदानमा महत्वपूर्ण भूमिका निभाउने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमील्सिनाले रुपन्देही रेडक्रसको योगदान वारे चर्चा गरे । लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।

    लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनी (कृष्ण), रुरु गाउँपालिकाका अध्यक्ष यदुनाथ ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, चन्द्रकोट गाउपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

    कार्यक्रममा रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायले राजनीतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैरसरकारी संघसंस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताए ।

    कार्यक्रमका संयोजक गुरुङले संस्थाका सबै कामलाई पेपरलेस र तथ्यांकिकरण अनलाइनमा राख्ने ब्यवस्था भएको बताए । यसैगरि वेभसाइड लन्च गर्ने कार्यसमेत भएको उनले बताए । हाल सोसाइटीबाट विपद ब्यवस्थापन, पारिवारिक पुनस्र्थापना, एम्बुलेन्स सेवा, विश्व रक्तदाता दिवस र रक्तसंचार दिवसमा संस्थागत कार्यक्रम आयोजना गर्दै आएको सोसाइटी, रुपन्देही शाखाका मन्त्री टेकबहादुर थापाले बताए । 

    ‘रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं’ भन्ने नारासहित स्थापना भएको संस्था निरन्तर सामाजिक कार्यक्रम अग्रसर रहँदै आएको छ । नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij