२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओभरलोड नियन्त्रण गर्न निर्देशन

ओभरलोड नियन्त्रण गर्न निर्देशन

ओभरलोड नियन्त्रण गर्न निर्देशन

ओभरलोड नियन्त्रण गर्न निर्देशन

ओभरलोड नियन्त्रण गर्न निर्देशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • प्रहरी महानिरीक्षक दिपक थापाले मालबहाक गाडीको भार क्षमताअनुसार चलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । ओभरलोड भारतीय ट्रकले नेपाली व्यवसायी मारमा परेको र सडकको आयु घटेको भन्दै ट्रक व्यवसायीले  पहिलेदेखि नै ओभरलोड व्यवस्थापन गर्न माग गर्दै आएका छन् । महानिरीक्षकको निर्देशनले ओभरलोड नियन्त्रणको माग गरिरहेका व्यवसायी उत्साहित भएका छन् । यद्यपी निर्देशन कार्यान्वयनको दिगोपना हेर्न बाँकी नै छ ।


    ओभरलोड बोक्ने मालवहाक ट्रकलाई नियन्त्रण गर्न सरकारी निकाय रमिते बनिरहेको आरोप  लागिरहेका बेला ओभरलोड नियन्त्रण गर्न रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले पनि तीन महिना अघि पहलकदमी लिएका थिए । मालवाहक ट्रकको ओभरलोड भन्सार विन्दुमै मिलान गर्ने निर्णयले उत्साहित व्यवसायीको उत्साह लामो समय टिक्क सकेन् । एक महिनामै निर्णय कार्यान्वयन कमजोर बन्दै गयो ।


     मुख्यतः भारतीय ओभरलोड मालवाहक गाडीका  कारण  नेपालका सडक र पुलमा बारम्बार क्षति पुगेको यी घटनाले प्रहरी प्रशासनलाई ओभरलोड नियन्त्रण गर्न दबाब परिरहेको छ । ओभरलोड मालवाहक सवारी साधनलाई भन्सार विन्दुमै भारमिलान गरेर मात्र नेपाल प्रवेश गर्न दिने निर्णय कार्यान्वयन हुँदा भारतीय गाडीले ओभरलोड बोक्न छाड्ने छन् । त्यसो भयो भने दुई वटा फाइदा हुनेछ, पहिलो नेपाली ट्रक व्यवसायीले काम पाउने छन् । दोस्रो नेपाली सडक सुरक्षित र दिगोपना बढ्ने छ । नेपाल र नेपालीलाई फाइदा हुने निर्णय कार्यान्वयन गर्न किन हच्किने प्रवृत्ति छ ? मुख्य प्रश्न यो हो ।


    प्रहरी प्रमुखको निर्णय कार्यान्वयन हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । राजनैतिक नेतृत्वलाई पनि विषयवस्तु बुझाउन आवश्यक छ । दबाब र प्रभावमा नपर्ने गरी प्रशासनिक र राजनैतिक नेतृत्वले मातहतको निकायलाई परिचालन ग¥यो भने ओभरलोडको समस्या समाधान हुन्छ । मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका बनाएर सरकारले नियमनकारी निकायलाई नियमन अधिकार दिएको छ । नियम र कानुन भएर पनि कार्यान्वयन नइरहेको अवस्थामा अहिले निर्देशिकाको कार्यान्वयनका लागि प्रहरी प्रमुखले पहलकदमी लिनुलाई सकारात्मक मान्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij