२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खानपिनका कुरा

खानपिनका कुरा

खानपिनका कुरा

खानपिनका कुरा

खानपिनका कुरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • तुल्सीराम पाण्डे
    अचेलका सबै मानिसहरूले स्वस्थ रहनको लागि खानामा विशेष ध्यान दिने गर्दछन् । स्वास्थ्य विज्ञ र पोषण विज्ञका सुझावहरूको पालना गर्दछन् । कुन खानामा कति क्यालोरी हुन्छ र कसरी बनाएर खाने भनेर धेरै अनुसन्धानहरू भएका छन् । त्यसैको अध्ययन गरेका आधुनिक विज्ञहरूले सेमिनार र गोष्ठीहरूमा पोषण तालिम दिने गर्दछन् । सन्तुलित आहार तालिम, पोषण तालिम खाद्य सुरक्षा तालिम जस्ता अनेक नाममा गोष्ठी हुन्छ । त्यस्ता गोष्ठीहरूमा प्रायः बच्चालाई दूध खुवाउँदा आधा पानी थपेर खुवाउनु पर्छ । कानमा तेल राख्नु हुँदैन । बच्चालाई माटोमा खेल्न छोड्नु हुँदैन । तीन महिना पुगेपछि पाकेट र डब्बाको लिटो खुवाउनुपर्छ । अण्डा खुवाउनु पर्छ । वयस्क मानिसहरूले दाल भातमात्र खाँदा क्यालोरी पुग्दैन । भातसँग घ्यू तेल खानु हुँदैन । सन्तुलित आहार खानुपर्दछ । घ्यू तेल खानाले ग्यास्ट्रिक हुन्छ । मधुमेह रक्तचाप हुनसक्छ भनेर सतर्क गराउने तालिम दिन्छन् ।  


    यस्ता सतर्कताका तालिमहरू दिए पनि पहिलेको तुलनामा रोगहरू र रोगीहरूको सङ्ख्या बढ्दै गएको छ । त्यसको कारण खोज्नर समाधान गर्नको लागि कतै पनि अनुसन्धान भएको छैन । नेपालमा आधुनिक प्रविधि र विज्ञहरु नभित्रिदासम्म रोगीहरूको सङ्ख्या कम थियो । रोग लागे पनि यहीँको औषधीबाट सन्चो हुन्थ्यो । यहाँ जे उत्पादन हुन्छ, त्यसैलाई पुरानै तरिकाबाट तयार गरेर खाँदा नै पोषण पुगेको थियो । मानिसहरू स्वस्थ थिए । पहिले मानिसले सुख पाउने बहानामा आधुनिक सुविधासँगै पोषण र क्यालोरी नष्ट गर्ने प्रविधि भिœयाउने गरे । त्यसपछि फेरि पोषण पूरा गर्ने बहानामा आफ्ना तयारी सामानहरू बेचेर पैसा कमाउने । पश्चिमाहरूले बनाएका बहुराष्ट्रिय कम्पनीहरूले जसरी पनि नाफा कमाइरहेकै छन् । यसको गहिराइखोज्दै जाँदा पुरानो उखान “आफैँ बोक्सी, आफैँ धामी” सम्म पुगिन्छ । त्यहाँसम्म पुग्न फुर्सद नभए पनि पहिलेका मानिसले कुन समयमा कस्तो खाना कसरी खान्थे त्यसको कुरा गरौं ।


    सबै मानिसहरूलाई सधैँ खान पुग्ने अन्न हुँदैनथ्यो । भएको अन्नलाई वर्षभरि पु¥याउन कोसिस गर्थे । त्यस भन्दाथोरै हुनेहरूले मौसममा र कमाएको समयमा धोको पु¥याएर खान्थे । काम गर्ने मानिसहरूले पनि मेलापात जाँदा र पर्वको समयमा राम्रोसँग खान्थे । कज्याउनेहरूले पनि कामदारहरूलाई राम्रोसँग खानदिन्थे । कुनै कुनै ठाउँमा “पाहुना चम्काउनी खेतारा पल्काउनी” भन्ने उखान सुन्न पाइन्छ । साना बच्चाहरूलाई आमाको दूधले नअघाउने भएपछिमात्र गाईभैँसीको दूध खुवाउँथे । दूध पनि धेरै बेर तताएर आधा घटाएर घ्यूले झान्थे । भात खुवाइ गरेर अन्न खुवाउन सुरु गरेपछि सधैँ कटौरा वा सानो दिउरोमा खिर, ढकनी, मेथीजाउलो बनाएर खुवाउँथे । जे पकाएर खुवाए पनि घ्यू अनिवार्य नै हुन्थ्यो । आमा र बुढी आमाहरूले फकाएर, बोकेर डुलाएर र कथा सुनाएर खुवाउँथे । सधँै शुद्ध तेल घस्ने र आफैँ खेल्न सक्ने भएपछि खेल्न छोडिदिन्थे । त्यसरी खेल्दा व्यायाम पुग्ने हुनाले बच्चाहरू बलिया हुन्थे । सुत्केरी महिलालाई घ्यू राखेर पकाएको खाजासँग घ्यू वा तेल पिउन दिन्थे । तोरी पेल्ने समयमा धेरै तेल राखेर चुहुँदै खाजा पकाएर खान्थे । कोलको नजिकै तेल राखेर पकाएको खाजालाई “कोलेखाजा” भन्थे । कोल बोक्ने लोग्ने मान्छेले ठाडो घाँटी लाएर एक माना तेल छकछक पानी खाए जस्तै खाएर एक्लै कोलको बियो बोकेर हिँड्थे । बराउनी गर्नेले जन्ते भाग खाँदा एक माना घ्यू दूधसँग मुछे जस्तै गरेर भात मुछेर खान्थे । चतुर्दशी, औंशीमा सबैको घरमा खिर, ढकनी पकाउँथे । दशैँमा सबैको घरमा कुराउनी घोटेर खान्थे । बिहान र बेलुकाको दूध घोटेपछि धोको फेरुन्जेल खानपुग्थ्यो । तिहारमा थरी थरीका सेलरोटी अचेल पनि बनाउँछन् । २०÷२२ वटासम्म सन्तान जन्माएका महिलाहरू पनि स्वस्थ नै भेटिन्छन् । 


    माघे सङ्क्रान्तिमा रोटा फुरौला खान्थे । तिजमा चेलीबेटी बोलाएर ३ पहर खाजा र रातमा खिर खुवाउँथे । चेलीबेटीले पनि माइतमा आएर काम गर्न नपर्ने हुनाले खुसी हुन्थे । सहकालको समय भएको हुनाले खोजेर पनि मिठै खान्थे । हरिया मकै र दूध खाएर पनि खुसी हुँदै नाचगान गर्थे । गर्मीको समयमा इज्जतको पाहुना गएमा पानीसँग दही, मही, खुदो, मिस्री र मालभोग केरा दिन्थे । जाडोमा तातो दूध र तातो खुदो दिन्थे । छोरी छोड्न जाने भरिया र सरदारले दुवैतर्फ इज्जत साथ खान पाउँथे । कुराउनीका भारी बोकेर जानेलाई पनि मैलो वा च्यातिएको लुगा भएमा घरबाट अर्को जाँगे कमिज दिएर लैजान्थे । माइतबाट पनि सरदारसँगै टीका लगाएर दक्षिणा र खाजा दिएर बिदा गर्दथे । लाउरेको भारी बोक्नेले पनि जनजातिको घरमा भएमा थपीथपी रक्सी, मासु र अरु परिकार खान्थे । निमेक गर्नेहरूले बेलामौकामा खान पाउँथे भने बाली घरेहरूले सधंै खान पाउँथे । खान नआए पनि आफ्नो भाग माग्न आउँथे ।


    घरगोठ छाउँदा, तलो छाप्दा, काठपात बोक्दा र अन्य सघाउका काममा जाँदा आलो पालो र मिलेर काम गर्दथे । बिहानै काममा गएपछि एक–एक कटौरा दूध र रोटी खाएर काम सुरु गर्ने, अनदी, झिनुवाका खाजा माथिबाट घ्यू तताएर डाडुले खन्याइदिने, कसैले घ्यू तताएर कटौरा भरी राखिदिने । घ्यूमा मुछेर चुहुँदै खाने । मौसमअनुसार सिमी, पिँडालु र तरुलको तरकारी खाने । कटौराभरि दूधदिने । मेवा, कर्कलो, मुला र अरू चिजको अचार दिने । नास्ता खाँदा पनि सिमी, बोडीको बिरम्ला, चाम्रे खाजा, सेलरोटी र ट्वाक्कको अचार छानामाथि लगिदिने । कुनै ठाउँमा गिठा, तरुल र भ्यागुर उसिनेर र पोलेर दिने । खान्दानी पाहुना आउँदा चुलो लगाएर दाल भात पकाउने, धेरै थरिका परिकारसहित थालको  वरिपरि धेरै कटौरा र दुना (बौता) राखिदिने । हातधुनलाई एउटा दुनामा चिनी वा खुदो दिने । घ्युसँग खाएको हातचिनी या खुदोले माडेर धुने । डिठ्ठा, विचारी र तालुकदारले त्यसै गर्थे । उनैका सन्तानहरूले पनि हामी त चिनीले हातधुनेको सन्तान हौं भनेर भटकेई पार्थे । आफ्नो घरमा आलय कम हुने र बाहिरबाट खोज्नु पर्ने मानिसहरूले पु¥याएर र फारु गरेर दिन्थे । हिउँदमा छोरी घरमा पठाउँदा फिनी, अर्सा, अनरसा, झर र कुराउनीको पाहुर बनाएर पठाउँथे । बुहारी आउँदा पनि पाहुर लिएर आउँथे । समय र पर्वअनुसारको खानपिनकै कारणले कोही पनि बिरामी पर्दैनथ्यो । खाएको कुरा सबैले पचाउँथे । कहिलेकाहीँ साना केटाकेटीलाई पेट दुखेमा बिरेनुनमात्र खाएपछि सन्चो हुन्थ्यो ।


    अचेलको भतेरमा पुलाउ मासु पकाउँछन् । फिल्टर तेल प्रयोग गर्छन् । डाक्टरले भनेअनुसारको सन्तुलित खाना खान्छन् । दुई÷तीनवटामात्र बच्चा पाउँछन् । तर पनि मानिसहरू रोगी र कमजोर बन्दै गएका छन् । यसको स्वतन्त्र अध्ययन गर्न आवश्यकछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij