२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डिंगरनगर दूरगामी सहकारीका फरार अध्यक्ष र सचिवका श्रीमतीसँग बचतकर्ताको छलफल

डिंगरनगर दूरगामी सहकारीका फरार अध्यक्ष र सचिवका श्रीमतीसँग बचतकर्ताको छलफल

डिंगरनगर दूरगामी सहकारीका फरार अध्यक्ष र सचिवका श्रीमतीसँग बचतकर्ताको छलफल

डिंगरनगर दूरगामी सहकारीका फरार अध्यक्ष र सचिवका श्रीमतीसँग बचतकर्ताको छलफल

डिंगरनगर दूरगामी सहकारीका फरार अध्यक्ष र सचिवका श्रीमतीसँग बचतकर्ताको छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • बुटवल
    तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको दबाबपछि प्रहरीले फरार अध्यक्ष र सचिवका पत्नीहरूसँग बचतकर्ताको छलफल गराएको छ । सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा एक महिनादेखि फरार भएपछि बचतकर्ताले दिनहुँ उनीहरु र आफन्तको घर घेराउ गरिरहेका थिए । बचतकर्ताको चर्को दबाबपछि सहकारीका अध्यक्ष र सचिवका पत्नीहरु क्रमशः शारदा तिवारी र गीतादेवी पन्थी थापालाई प्रहरीले नियन्त्रणमा लिएर बचतकर्तासँग छलफल गराएको हो । उनीहरुलाई प्रहरीले सोमबार वडा प्रहरी कार्यालयमा राखेको थियो । बचतकर्ताको दबाबपछि उनीहरूलाई सहकारीको कार्यालय परिसरमा ल्याएर छलफल गराएको हो । 


    छलफलमा अध्यक्ष तिवारीकी पत्नी शारदाले अपचलन र हिनामिना भएको रकमको जिम्मेवारी अध्यक्ष र सचिव मात्र नभई सिंगो सञ्चालक समितिले लिनुपर्ने तर्क गरेकी थिइन् । बचतकर्ताहरुले उनको तर्क अस्वीकार गर्दै तिवारीलाई यथाशीघ्र उपस्थित गराउनुपर्ने अन्यथा सम्पति र जायजेथा बिक्री गरेर बचत फिर्ता गर्नुपर्ने माग गरेका थिए ।  बचत फिर्ताको सुनिश्चित नहुँदासम्म घर घेराउ आन्दोलन जारी रहने बचतकर्ता बसन्त शर्माले बताए । छलफलमा सहकारीका उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य, सह–कोषाध्यक्ष केशरी पाण्डेले आफूहरु बचतकर्ताको रकम छिटो फिर्ता हुनुपर्ने र त्यसका लागि फरार अध्यक्ष र सचिवलाई छिटो सम्पर्कमा ल्याउन प्रहरी प्रशासनसँग माग गरे ।    


    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिटै पक्राउ पर्ने दाबी गरे । 


    उक्त सहकारीबाट ऋण प्रवाहमा गम्भीर लापरबाही र बद्मासी गरेको भेटिएको छ । सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई धितोबिना नै ऋण प्रवाह गरिएको छ । धितो राखेर ऋण दिएको भनिएकाको धितो मूल्यांकन गरिएको छैन । धितो पनि नाम मात्रको देखिइएको लेखा परीक्षणका क्रममा पाइएको छ । 


    सहकारीका करिब २ हजार बचतकर्ताको रकम बैंकमा जम्मा नगरी अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा जम्मा गरेको, करोडौं रकम व्यक्तिगत तजबिजमा लगानी गरेको, सहकारीको सफ्ट्वेयरमा १३ हजार पटकसम्म अंक र अक्षर ‘डिलिट’ गरिएको पाइएको छ ।


    यस्तै सहकारीको सफ्ट्वेयर ‘अफ आवर’ अर्थात् कार्यालय बिदा भएपछिको समयमा चलाइएको, ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको र करिब ५० जनालाई विनाधितो ऋण प्रवाह गरिएको भेटिएको लेखापरीक्षणमा सहभागी संस्थाका सल्लाहकार समेत रहेका बेलप्रसाद शर्माले जानकारी दिए । 


    ऋणका फाइलमा प्रकृया पूरा नगरिएको, १० लाखभन्दा माथिको फाइलमा इञ्जिनियरिङ भेलुयसन गर्नुपर्नेमा नगरिएको पाइएको शर्माले बताए । 


    ‘धितो राखिएका खातामा पनि मूल्यांकन नभएको, नाम मात्रको धितो देखाइएको छ,’ लेखा परीक्षणमा सहभागी अर्का एकजनाले भने–‘सचिव रामबहादुर थापाले मात्रै ८७ पटक ऋण प्रवाह गरेको पाइयो , जसमा करिब ४३ करोड रुपैयाँ बराबरको ऋण सेवा शुल्कबिना प्रवाह गरिएको छ ।’ 


     ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाई महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शून्य’ बनाइएको समेत फेला परेको उनले बताए । 


    नक्कली सदस्यहरु बनाएर ऋण लगानी गरेको, ऋण लगानी गरेको ६ महिनापछि सदस्य बनाएकोजस्ता बद्मासी भेटिएको उनले जनाए ।


    ‘६४ लाखको धितो मूल्यांकन गरेर १ करोड १४ लाख लगानी गरेको फाइल भेटियो, यस्ता अरु पनि होलान्,’ संस्थाका सल्लाहकार शर्माले भने–‘भोलि साँझसम्म आन्तरिक लेखा परीक्षण सकिन्छ, पर्सी बिहान पत्रकार सम्मेलन गरेर सबै सार्वजनिक हुन्छ ।’ 


    सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा एक महिनादेखि फरार छन् । फरार भएपछि पीडित बचतकर्ताले उनीहरुको घर र लुकेको आशंकामा आफन्तको घर समेत घराउ गर्दै आएका छन् । असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।


    तिवारी र थापा दुबै नेपाली कांग्रेसका स्थानीय नेता हुन् । पीडितहरूले उनीहरूलाई गृहमन्त्री कांग्रेसको भएकाले संरक्षण गरेको आरोप लगाएका छन् । करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी बचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।


    उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारबाहीको माग गरेका छन् ।
    सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा क्षेत्रीलगायत अधिकांश पदाधिकारी र सञ्चालक समिति सदस्य नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।


    अध्यक्ष तिवारी गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । तर, अन्तिममा उनले टिकट पाएनन् ।


    सहकारीका सचिव थापा कांग्रेस तिलोत्तमा नगर समितिका पूर्वसचिव हुन् । सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा नगरपालिका–३ की सभापति हुन् । १३ सदस्यीय सञ्चालक समितिमा तीनजना बाहेक सबै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।


    सहकारीमा एउटै दल निकट र अध्यक्ष पक्षधरहरु हावी भएपछि बद्मासी भएको र ऐन, विधिको कुरा उठाउनेहरुलाई सञ्चालकमा आउन रोक्ने गरिएको सेयर सदस्यहरुको गुनासो छ ।


    सहकारीका व्यवस्थापक वसन्त पराजुली भने प्रहरी हिरासतमा छन् । पराजुलीले अध्यक्ष र सचिवको निर्देशनमा आफूले काम गरेको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पराजुलीले आफूले २ देखि ३ करोड रकम चलाएको र बाँकी रकमका विषयमा जबर्जस्ती तमसुक गर्न लगाएको बयान दिएका छन् । तर, कार्यालयमा नै उनले करिब ९ करोड रकम अपचलन गरेको तमसुक नै भेटिएको छ ।


    व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।


    आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले सचिवले जस्तै गर्नसक्ने भन्दै अध्यक्ष र सचिवको घर पनि घेराउ गर्दै आएका छन् ।
    २०५० सालमा स्थापित यो सहकारीको ३८ करोड रुपैयाँ पुँजी रहेको बताइन्छ । 


    बचतकर्ता चेतबहादुर बस्नेत अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र सञ्चालक समितिमा एउटै दलका मान्छेको वर्चस्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको बताउँछन् ।


    प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ ।


    यो ऐन बन्नुभन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्नु संघीय कानुनविपरीत छ । तर स्थानीय कांग्रेस नेता तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा छन् ।


    अध्यक्ष र  सचिव थापाले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको सेयर सदस्यहरुको दाबी छ ।


     अध्यक्ष तिवारीले संस्थाको करिब ६ देखि ८ करोड, सचिव रामबहादुर थापाले ३ करोडभन्दा बढी र सञ्चालक सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको आशंका छ । बचतकर्तालाई रकम फिर्ता दिने निर्णयको माइन्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ ।


    लेखापरीक्षकले दिने अन्तिम प्रतिवेदनपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए ।
    सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् ।


    यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ । तर यो सहकारीमा ऐनविपरीत बचत अपचलन भएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij