२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३६ लाख दिएर दुई करोड असुल्ने व्यवसायी र बैंक कर्मचारी थुना

३६ लाख दिएर दुई करोड असुल्ने व्यवसायी र बैंक कर्मचारी थुना

३६ लाख दिएर दुई करोड असुल्ने व्यवसायी र बैंक कर्मचारी थुना

३६ लाख दिएर दुई करोड असुल्ने व्यवसायी र बैंक कर्मचारी थुना

३६ लाख दिएर दुई करोड असुल्ने व्यवसायी र बैंक कर्मचारी थुना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • नवलपुर
    मिटरब्याज, जालसाजी, किर्ते हस्ताक्षर र ठगिको कसुरमा मुद्दा चलेका कावासोतीका व्यवसायी अमृत भुसालसहित दुई जनालाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । कावासोती २ इन्द्रचोकका ३९ वर्षीय अमृत भुसालसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।


    त्यसैगरी भुसाललाई किर्ते हस्ताक्षर गरी चेकबाट रकम झिक्न सघाउने प्रमु बैंक (साविक सेन्चुरी विकास बैंक) चोरमारा शाखाका प्रमुख राजेश खरेललाई पनि पुर्पक्षेका लागि थुनामा पठाएको छ । भुसाल, भुसालकी श्रीमती सविता काफ्ले, प्रमु बैंक (साविक सेन्चुरी विकास बैंक) चोरमारा शाखाका प्रमुख राजेश खरेल र लक्ष्मी सनराइज बैंक, चितवनमा कार्यरत सविता अर्यालविरुद्ध मिटरब्याज, हस्ताक्षर किर्ते, जालसाजी र ठगिको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।


    प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेका २ जनाको वहस सकिएपछि उनीहरुलाई थुनामा पठाएको हो ।
    मुद्दा दर्तासँगै भुसाल र खरेललाई मध्यविन्दु नगरपालिका–७ का रामप्रसाद महतोको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । दुई जना अझै फरार छन् ।


    बैंकका कर्मचारीहरु खरेल र अर्यालले चेकमा किर्ते हस्ताक्षर गरेर रकम निकाल्न भुसाललाई सहयोग गरेको अभियोग लगाइएको छ । किर्ते र ठगी मुद्दामा भुसालकी श्रीमती सविता काफ्लेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको र काफ्लेलाई पक्राउ गर्न नसकिएको ढकालले बताए ।


    भुसालले मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण फेला गरेपछि भुसाल र खरेललाई प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो ।


    भुसाललाई यसअघि गत साउन २७ गते पक्राउ गरिएको थियो । नवलपुर जिल्ला अदालतले २४ दिनपछि भुसालका बारेमा थप अनुसन्धान गर्नु पर्ने भन्दै हारिजी जमानीमा छोडेको थियो । पछि प्रहरीले प्रतिवेदन बुझाउँदा पुरक अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन बुझ्न मानेको थिएन । त्यसपछि प्रहरी निरन्तर प्रमाणहरु सङ्कलनमा जुटेको थियो । झण्डै एक वर्ष लगाएर पुरक अनुसन्धान गरी थप प्रमाणसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।
    नवलपुर जिल्ला अदालतका न्यायाधिष वेदप्रकाश कोइरालाको इजालासले भुसाल र खरेललाई पुर्पक्षेका लागि धुनामा पठाउने आदेश दिएको नवलपुर जिल्ला अदालतका स्रेष्तेदार गम्भीर घिमिरेले जानकारी दिए ।


    २०७६ जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर अमृत भुसालबाट प्रतिदिन १५ हजार रुपियाँ ब्याज तिर्ने गरी १० लाख रुपियाँ लिए । त्यसमा ४० लाख थपिदिएर ५० लाख पु¥याइदिने र मासिक पाँच लाख रुपियाँका दरले ब्याज बुझाउने सर्त थियो । त्यही सर्त मञ्जुर गरेर महतोले मध्यविन्दु–७ को चार कट्ठा छ धुर जग्गा भुसाललाई दृष्टिबन्धक गरिदिए । भुसालले उक्त जग्गा आफ्नी श्रीमती सविता काफ्लेको नाममा लिखत पारित गराए ।


    ५० लाख पु¥याइदिने सर्त भए पनि भुसालले सुरुमा १० लाख, २०७६ असार २ गते १६ लाख ५४ हजार ६६२ रुपियाँ र अन्तिम पटक १० लाख गरी जम्मा ३६ लाख ५४ हजार ६६२ रुपियाँ मात्र महतोलाई दिएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकालले बताए ।


    “पहिले दिएको १० लाखको सावाँ र चक्रवर्ती ब्याजसमेत जोडेर २० लाख ४५ हजार ३३८ रुपियाँ पुगिसकेको हुँदा सोसमेत गरी ५० लाख पुग्यो भनी भुसालले महतोसँग थप १० लाख मिटरब्याजमा लिएको देखिन्छ । त्यति मात्र होइन, उक्त रकमको छ महिनासम्म मासिक पाँच लाखका दरले २९ लाख छ हजार रुपियाँ महतोले भुसाललाई बुझाएको देखिन्छ ।”– ढकालले भने ।


    जग्गा फिर्ता पाउने आसमा महतोले साढे ३६ लाखको चक्रवर्ती ब्याज स्वरूप ३२ लाख रुपियाँ बुझाएको प्रमाण रहेको प्रहरीको भनाइ छ । भुसालले जग्गा फिर्ता दिन नमानेपछि महतोले अदालतबाट जग्गा रोक्का त गराए, तर जग्गा अहिले पनि फिर्ता नभएको महतोको भनाइ छ ।


    महतोले भुसाललाई निरन्तर ब्याज बुझाउनुपर्ने थियो, तर कोरोना सुरु भइसकेपछि ब्याज बुझाउन नसक्दा महतोले छ महिनापछि भुसाललाई ३० लाखको चेक दिए । प्रहरीका अनुसार पुनः पाँच महिनापछि ६० लाख पुगिसक्यो भनेर भुसालले पहिलाको ३० लाखको चेक फिर्ता नगरी डर त्रास देखाई फेरि ६० लाखको चेक लिएका थिए ।


    महतोले सापटी लिएको रकम र सोको मिटर ब्याजसमेत जोडी ५० लाख पुग्यो भनिएको रकमको चक्रवर्ती ब्याजसहित पटक पटक गरी एक करोड ५७ लाख १५ हजार ४११ बैङ्क चेकबाट तथा ४४ लाख ५१ हजार एक सय रुपियाँ नगद गरी दुई करोड एक लाख ६६ हजार ५११ रुपियाँ भुक्तानी भुसालले लिएको प्रमाणहरूले देखाएको प्रहरीको दाबी छ ।


    किर्ते हस्ताक्षर गरी रकम निकासा
    भुसालले रामप्रसादलाई ६९ लाख रुपियाँ बैङ्कमा हालिदिएको जानकारी गराए पनि महतोले भने आफूले ६९ लाख रुपियाँ माग्दै नमागेको रकम खातामा हालिदिएकोमा विश्वास नै नलागेको बताए । २०८० चैत २८ गते बैङ्क स्टेटमेन्ट निकाली हेर्दा साबिकको सेन्चुरी बैङ्क र हालको प्रभु बैङ्कमा रहेको आफ्नो न्यू प्रवासी सुपर स्टोर्सको खातामा २०७६ जेठ १२ मा ६९ लाख रुपियाँ जम्मा गरेको त देखियो, तर उक्त रकम जम्मा गरेको एक दुई मिनेटको अन्तरमा महतोका चार वटा चेक प्रयोग गरी भुसाल स्वयंले रामप्रसाद र श्रीमती रीता महतोको नाममा आफैँ चेक काटी आफैँले रकम लिएको देखिएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।
    चेकबाट पैसा निकाल्ने क्रममा भुसालले महतो र उनकी श्रीमतीको नक्कली हस्ताक्षर गरेको पुष्टि भइसकेको छ । ‘उक्त हस्ताक्षर विधिविज्ञान प्रयोगशालामा पठायौँ, तर प्रयोगशालाले भुसालले चेकमा गरेका सबै हस्ताक्षर महतो दम्पतीको नभई भुसालले नै गरेको नक्कली हस्ताक्षर हो भनी प्रमाणित गरेको छ ।’–जिल्ला प्रहरी कार्यालय नवलपुरका तत्कालीन प्रमुख (हाल जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख) नरहरी रेग्मीले सोही बेलै भनेका थिए ।


    पीडित रामप्रसाद महतोले अब भने न्याय पाउने आशा जागेको बताए । ‘ऐन कानुन सानालाई मात्र लाग्ने रहेछ भन्ने लागेको थियो, तर प्रहरीले पुरक अनुसन्धान गरेर  मुद्दा दर्ता गरेपछि ढिलै भए पनि अब न्याय पाइने भयो भन्ने महसुस भएको छ ।’–महतोले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij