२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रजत जयन्तीमा पञ्चेवाजा सहितको शोभायात्रा र्‍याली

रजत जयन्तीमा पञ्चेवाजा सहितको शोभायात्रा र्‍याली

रजत जयन्तीमा पञ्चेवाजा सहितको शोभायात्रा र्‍याली

रजत जयन्तीमा पञ्चेवाजा सहितको शोभायात्रा र्‍याली

रजत जयन्तीमा पञ्चेवाजा सहितको शोभायात्रा र्‍याली
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • पाल्पा ।  तानसेन नगरपालिका वडा नंं.  ४ मा रहेको मखन टोल टोल विकास संस्थाले आफ्नो २५औं रजत जयन्ती  विभिन्न कार्यक्रम गरी मनाउन शुरु गरेको छ ।

    संस्थाले रजत जयन्तीको अवसरमा संस्थाले पञ्चे बाजासहितको शोभायात्रा र्याली निकालेको छ ।  मखनटोलको गणेश मन्दिरबाट शुरु भएको  शोभायात्रा पञ्चेवाजाको र्यालीे शित्तलपाटी, असनटोल, नारायणस्थान, भिमसेनटोल, टुडिखेल, लहरेपिपल, सिल्खानटोल विशाल बजार हुदै पुन मखनटोल सम्म परिक्रमा गरेको छ ।

    र्यालीमा तानसेन नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधी तथा कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बासिन्दाहरू, पूर्व पदाधिकारीहरू, महिला समूहका प्रतिनिधिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको  सहभागिता रहेको थियो । 

     संस्थाको २५ औ रजत जयन्ती कार्यक्रमलाई सम्वोधन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मखन टोल विकास संस्थाले विगत २५ वर्षदेखि सामुदायिक विकास, सरसफाइ, सडक सुधार, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा  राम्रो काम गरेको बताए ।

    मखनटोल टोल विकास संस्था तानसेनकै टोल विकासको लागी गहना र अग्रणी संस्था भएको र तानसेनको नगर विकासमा सक्रिय भुमिका रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

    घरको काम बाट बाहिर निस्की मखनटोलका महिलाहरुले सामाजिक क्षेत्रमा गरेको योगदानले अन्य क्षेत्रका महिलाहरुलाई सक्रिय बनाउन प्ररेणा दिएको उनले बताए । 

     संस्थाकी संस्थापक अध्यक्ष शान्ती शाक्यले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा बताउदै, सुरुवाती अवस्थाका  चुनौतीहरू र चुनौतीले दिएको अवसर बारे चर्चा गरेकी थिईन ।  तानसेनका महिलाहरुले पनि सामाजिक क्षेत्रमा केही योगदान गरौ भनेर नै संस्थामा आवद्ध भएर निरन्तर काम गर्दै आएको संस्थापक अध्यक्ष शाक्यले बताईन । 

     कार्यक्रममा अध्यक्ष ज्ञानु कार्कीले विगत २५ वर्षमा संस्थाले गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा थप योजनाबद्ध रुपमा कार्यक्रमहरू सञ्चालन गरिने बताईन ।

    वडा नं. ४ का  महिलालाई अझ बढी सहभागितामूलक बनाउँदै संस्थालाई महिलाको हकहित, आर्यआर्जन तथा क्षमता विकासमा केन्द्रित गर्ने प्रतिबद्धता जनाइन ।

    कार्यक्रममा तानसेन नगरपालिका वडा नंं १० तेल्घाका महिलाले बजाएका नौमती बाजाले सबैको ध्यान खिचेको थियो । रजत जयन्तीको आवसरमा भएको कार्यक्रमको संचालन संस्थाकी सदस्य कल्पना भट्टराईले गरेकी थिईन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij