पाल्पा । लायन्स क्लब अफ पाल्पा प्राइडले तानसेन नगरपालिका वडा नंं.१ भुसाल डाँडा माध्यमिक विद्यालयमा “गो ग्रीन” अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विधार्थीहरु संग प्यानल छलफल तथा बृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बालबालिका तथा विधार्थीहरु बिच वातावरण संरक्षण, महत्व, तथा गर्नुपर्ने क्रियाकलापको बारेमा जानकारी तथा सचेतना फैलाएर लायन्स क्लब अफ पाल्पा प्राइडले राम्रो काम गरेको बताए । यस्ता बहस, छलफल कार्यक्रमहरु अन्य क्षेत्रमा पनि गर्दै जानुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका बरिष्ट अधिकृत खिलबहादुर तामाङ्गले जलवायु परिवर्तनको कारण मानवीय जिवन संकटमा पर्दै गएकोले भावी पुस्तालाई वातावरणको विषयमा जानकारी गराउनु, ध्यानआर्कषण गर्नु, वातावरको महत्व बारेमा प्रष्टाउनु राम्रो काम भएको बताए ।
कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ, तथा फोहर व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग विद्यार्थीहरूले अन्तरक्रिया गरेका थिए । वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रमले सरोकारवाला, विद्यार्थी तथा समुदायबीच समन्वयात्मक प्रयासलाई बल दिएको छ । कार्यक्रमले वातावरण जोगाउनु, हामी सबैको साझा जिम्मेवारी भन्ने मूल मन्त्रलाई झकझकाएको छ ।
कार्यक्रममा जीएटी लिडर लायन सुशील प्रधान, तानसेन नगरपालिका वडा नंं. १ का अध्यक्ष सुनील बस्याल, वडा नंं. ६ का अध्यक्ष सागर मान महर्जन, एरिया २ की एरिया प्रमुख गंगा खत्री, साथै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का विभिन्न जिल्ला सल्लाहकारहरुको सहभागिता रहेको थियो । लायन्स क्लव अफ पाल्पा प्राइडकी अध्यक्ष एन्जिना खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कला दाहालले गरेकी थिईन ।




