भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपालको स्थापना दिवसको अवसरमा भैरहवामा फलफूल वितरण गरिएको छ । महासंघको प्रथम स्थापना दिवसको उपलक्ष्यमा रुपन्देही जिल्ला कार्यसमिति परिवारले भीम अस्पतालमा उपचारार्थ विरामीलाई फलफूल वितरण गरेको हो ।
व्यपार व्यसाय मात्रै होइन सेवा पनि गर्नुपर्छ भन्ने भावनाका साथ जिल्ला समिति परिवारले पहिलो कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालमा उपचारार्थ गरिरहेका ६५ जना बिरामीलाई फलफूल वितरण गरिएको परिवारको तदर्थ समिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक जोगिन्द्र अग्रहरीले बताए ।
हाम्रो परिवार गठन भएको केही दिन मात्रै भएको छ, सेवा गरि पुण्यको काम गरिहनल्नु पर्छ भन्दै पहिलो काम भीम अस्पतालबाट विरामीहरुको आवश्यकतालाई मध्यनजर गर्दै पोशकतत्वका लागि आवश्यक फलफुल, जुस, हर्लिक्स, पानी, विस्कुट लगायतको वस्तु वितरण गरिएको अग्रहरीले भने ।
अस्पतालका अध्यक्ष अनन्तराज शर्माले वैश्य परिवारले अस्पतालमा उपचार पाइरहेका सबै वार्ड, आकस्मिक मा भर्ना भएका विरामीलाई सन्त्वाना दिदैं फलफूल वितरण गर्नु राम्रो काम भएको बताए । विरामीले उपचार सेवा पाउदा उस्को मनोबल घट्नु र शरिरलाई आवश्यक तत्वहरुको कमि हुने हुदा परिवारले त्यो बुझेर यो कार्य गरेको र यसलाई निरन्तर दिनु पर्ने बताए । विरामीहरु्रको चाँप पछिल्लो समय बढ्दो छ । न्यून वर्गका महिला, बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिक बिरामीहरु यहाँ अधिकांस आउने हुदा सबैको सहकार्य जरुरी रहेको बताए ।
समाज सेवामार्फत दिवसलाई मनाउने क्रममा बिरामीलाई केही सहयोग गर्न पाउदा खुसी भएको अस्पतालककी मेसु शकुन्तला गुप्ताले भनिन् ।
वैश्य परिवारले भीम अस्पतालमा न्यून वर्गका विरामीहरु धेरै आउने गरेकोले प्राथमिकतामा राखी काम गरेको र यहाँ अन्य कामहरु पनि निरन्तर गर्ने जनाएकाे छ । केही दिन अगावै मात्रै रूपन्देहीमा तदर्थ जिल्ला कार्यसमिति गठन भएकाे छ जस्काे अध्यक्षमा अमित कुमार गूप्ता रहेका छन ।




