२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मोहन विक्रम खुला राजनीतिमा : मर्ने बेलामा हरियो काँक्रो

मोहन विक्रम खुला राजनीतिमा : मर्ने बेलामा हरियो काँक्रो

मोहन विक्रम खुला राजनीतिमा : मर्ने बेलामा हरियो काँक्रो

मोहन विक्रम खुला राजनीतिमा : मर्ने बेलामा हरियो काँक्रो

मोहन विक्रम खुला राजनीतिमा : मर्ने बेलामा हरियो काँक्रो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • हालै बसेको नेकपा (मसाल) को केन्द्रीय कमिटीको बैठकले पार्टीका महामन्त्री क. मोहन विक्रम सिंहलाई सार्वजनिक रुपले नै खुल्ला गर्ने निर्णय गरेको छ । आजसम्म क. मोहन विक्रम कहिले बाहिर खुल्ला देखिने र कहिले भूमिगत भई बस्ने अर्ध भूमिगत रहँदै आएका थिए । तर अब यो उनको कथित अर्ध भूमिगत अवस्था हटेको छ भने पूर्ण खुला अर्थात् सार्वजनिक भई देखिने पार्टी निर्णय भएको छ । मसाल पार्टी र स्वयं क. मोहन विक्रमको यो निर्णयप्रति धेरैले समर्थन र व्यंग्य प्रकट गरिरहेका छन् ।  मसाल वा राजमो पार्टी नेता– कार्यकर्ता र समर्थकहरुले यसको समर्थन र स्वागत गर्ने नै कुरा भयो । पार्टी अनुशासन र निर्देशनको प्रश्न उठ्छ । तर कतिपय पूर्व मसाल पार्टीका नेता–कार्यकर्ताहरुले भने यसको व्यङ्गात्मक टिप्पणी गरी आआफ्ना भनाइ व्यक्त गरिरहेका छन् । कसैले यसलाई मर्ने बेलामा कमिलाका पनि पखेटा पलाए जस्तै भनेका छन् भने कसैले मर्ने बेलामा हरियो काँक्रा अनि कसैले जन कलाकार खुसिराम पाख्रिनको गीत फाटेको जालले छेकेको छेके पनि छर्लङ्गै देखेको भन्दै व्यंग्य गर्ने गरेका छन् । जे होस् यी दुवैमा आ–आफ्नै खाले तर्क र विचारहरु छन् । कसैले यसलाई क. मोहन विक्रमको ढोङ र पाखण्ड भनिरहेका छन् भने कसैले यसलाई सही र यथार्थवादी साेंच र निर्णय भनिरहेका छन् । यी दुईमध्ये सही र यथार्थ के हो ? यसबारे केही चर्चा गरौं । 


    कुनै पनि पार्टी वा त्यसका नेता–कार्यकर्ता भूमिगत वा खुल्ला यो तत्कालीन देशको वस्तुगत परिस्थितिमा निर्भर हुन्छ । यो सैद्धान्तिक निरपेक्ष नभएर समय सापेक्षमा भर पर्दछ । हिजो पञ्चायती कालमा दलमाथि पूर्ण प्रतिबन्ध थियो । त्यो बेला पार्टी र पार्टी नेता–कार्यकर्ता स्वत प्रतिबन्ध र भूमिगत नै हुनुपर्ने बाध्यता  थियो । कांग्रेसी पार्टी र पार्टी नेता कार्यकर्ताप्रति भने अलि फरक थियो । पार्टी नामका अघि प्रतिबन्धित अर्थात् प्रतिबन्धित ने.का.र त्यसका नेता–कार्यकर्ता भनी पार्टी गतिविधि हुन्थे । तर कम्युनिष्ट पार्टी र त्यसका नेता र कार्यकर्ताप्रति प्रतिबन्ध लगाइएको थियो । त्यसबेला पार्टी गतिविधि भूमिगत हुने र गर्ने बाध्यता थियो । तर २०४६ सालपछि पार्टी माथिको प्रतिबन्ध हटयो । सबै खुला, बहुदलीय प्रतिस्पर्धा । अनेक थरी दलहरु निर्माण भए । ने.का., नेकपा (माले), चौ.म. आदि सबै खुला भए । तर पनि तत्कालीन मसाल पार्टी खुला भएन । भूमिगत नै राखियो । भूमिगत यस अर्थमा राखियो कि अहिले पनि सामन्ती निरंकुशताअन्तर्गत शाही शासन सत्ता यथाथत छ, जनतन्त्र र मानव अधिकारको अहिले पनि कुनै ग्यारेन्टी छैन । सारमा अहिले पनि देशको सार्वभौम सत्ता जनतामा हस्तान्तरण भएको छैन । त्यसका लागि संविधानसभाको जरुरी छ भन्ने आधारमा पार्टी भूमिगत तर कार्यक्रम र राजनीतिक प्रचारप्रसारमा खुला गर्ने भनियो । त्यसका लागि केही नेता खुला गर्ने बताइयो ।


    यही प्रसंगमा २०४६ सालपछि पार्टीको एउटा कार्यक्रममा अब स्वयं पार्टी महासचिव क. मोहन विक्रम नै खुल्ला भई आन्दोलन र संघर्षको नेतृत्व गर्नु पर्दछ भन्ने मेरो प्रस्ताव थियो । तर त्यसलाई स्वीकार गरिएन । अरु कसैलाई प्रवक्ता बनाई डुलाइयो । बरु मालेले मदन भण्डारी, झलनाथ खनाल आदिलाई खुल्ला मैदानमा उतारी पार्टीको प्रचारप्रसार र कार्यक्रम अघि बढ्यो ।  चौ.म. बाट निर्मल लामा, मोटो मशालबाट  भक्त बहादुर श्रेष्ठ आदि खुल्ला जनतामा आए । तर मसालका भने प्रमुख नेता भूमिगत । पार्टी प्रचार र गतिविधि सब केही जनवर्गीय संगठनका नेताहरुबाट मात्र हुन गयो । तैपनि त्यतिबेलाको मेरो त्यो प्रस्तावलाई बल्ल अहिले ३६ वर्षपछि मसाल पार्टीले स्वीकार गरेको छ ।  बधाई र धन्यवाद छ क. मोहन विक्रमलाई । तत्कालीन पार्टीको राजनीतिक कार्यदिशा शान्तिपूर्व जनसंघर्षको भने पछि पार्टी, पार्टी नेता र कार्यकर्ताहरुलाई भूमिगत नै राखिरहनुको कुनै औचित्य नै थिएन । त्यो केवल क्रान्तिकारी लफ्फाजी र ढोङ मात्रै थियो । तैपनि मसालमा त्यसको खेती अहिलेसम्म त्यसरी नै चल्दै आयो । बल्ल अहिले भयो क. मोहन विक्रमको खुल्ला ? मर्ने बेलामा हरियो काँक्रो । 


    हिजो पञ्चायती कालमा पार्टी र पार्टी नेता कार्यकर्ताहरु भूमिगत हुनु बाध्यता थियो । तर २०४६ सालपछि अहिलेसम्म पनि पार्टी र पार्टीको मुख्य नेतृत्व भूमिगत नै भइरहनु माथि भने जस्तै क्रान्तिकारी लफ्फाजी र ढोङ मात्रै हो । जबकि मसालका थुप्रै नेताहरु संसदीय निर्वाचन लडी सांसद बने । सांसद मात्रै होइन मन्त्री नै बने । वर्तमान यो राज्य व्यवस्थाको उपयोगको नाममा यही व्यवस्थाकै सांसद मन्त्री बनी यसैमा डुबुल्की मारी यसको स्वाद खाइरहने तर पार्टी र यसक नेता भूमिगत ! कस्तो अचम्म छ ? यो राज्य व्यवस्था अन्तर्गतका तीन अंग  कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यी सबमा समावेश भई बस्ने तर भन्ने आफू भूमिगत । जो कोही पनि रहरले स्वयं भूमिगत हुँदैन । बाध्यता र विवशताले हुने हो भूमिगत । हिजो पञ्चायती कालमा भूमिगत हुनु बाध्यता थियो । तत्कालीन राज्यले नै पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै १० वर्षे माओवादी जनयुद्धमा माओवादी पार्टी र नेताहरुमाथि त्यस्तै प्रतिबन्ध थियो । स्वयं माओवादीहरुले नै स्वघोषणा गरेर भूमिगत भएका थिएनन् । तर मसाल पार्टी र त्यसका नेताहरु त्यत्तिकै स्वघोषित भूमिगत आजसम्म । न पार्टीमाथि कुनै प्रतिबन्ध छ न पार्टी नेता र कार्यकर्ताहरुलाई कुनै वारेन्टेट र गिरफ्तारी नै छ । खाली दुनियाँलाई देखाउन मात्र भूमिगत ।  पार्टीको तत्कालीन कार्यदिशा शान्तिपूर्ण जनसंघर्षको सारमा भन्दा संसदवादी चुनावी मात्र सशस्त्र संघर्ष भन्दा बित्तिकै अत्तालिने अनि केको विगत र केको भूमिगत पार्टी र पार्टी नेता ? आखिर पूर्व मसालका नेता विमल शर्माले भने जस्तै फाँटेको जालले छेकेको छेके पनि छर्लङ्गै देखेको हेर गाउँले हो मसालमा आज के–के भो ।


    वास्तवमा व्यक्तिगत रुपमा भन्ने हो भने क. मोहन विक्रम आफैँ स्वघोषित भूमिगत नेता मात्र हुन् । अहिलेसम्म उनीप्रति त्यस्तो कुनै प्रतिबन्धित सरकारी मुद्दा मामिला नै भएको पाइदैन । खाली पञ्चायतीकालमा प्रतिबन्धित पार्टी खोलेको अर्थमा नै उनलाई भूमिगत नेता भनिएको हो । तै पनि हिजो पञ्चायती कालमा उनको भेटघाट सम्बन्ध पूर्व पञ्चे शासकहरु जस्तो कमलराज रेग्मी, खडक बहादुर जी.सी., शैलेन्द्र कुमार उपाध्याय आदिसित भइरहने बताइन्थ्यो । कमलराज रेग्मीलाई त उनको मृत्युपछि मसाल पार्टीले पार्टी सदस्यता नै दिएको भनिएको छ । यसै प्रसंगमा २०४५÷२०४६ सालको जनआन्दोलनको क्रममा काठमाडौं रहँदा क. मोहन विक्रमको भूमिगत डेन वा स्थल कुनै एक तत्कालीन शाही सैनिक कर्नेलको घर भएको कुरा तत्कालीन विद्यार्थी नेता टोपबहादुर रायमाझीले बताएका थिए भने त्यसको पुष्टि एक पूर्व दरबारिया जुन पछि ज्ञानेन्द्र शासन कालमा माओवादीसितको वार्ता टोलीका सदस्यले पनि गरेका थिए । पहिलेदेखि नै मसालका प्रायः धेरै भारतमा हुने कार्यक्रममा उनको उपस्थिति हुने गर्दथ्यो । उनको नाम हो डी.आर. लामिछाने । हामीलाई भन्दा बढी मोहन विक्रमको बस–उठ जानकारी सबै उनलाई हुन्थ्यो । २०४६ सालको जनआन्दोलनपछि पार्टीमाथिको प्रतिबन्ध हट्यो । त्यसपछि दल नेताहरु पनि खुला भए । तर पनि मोहन विक्रम भने भूमिगत नै । कारण र रहस्य के थियो ? मसाल पार्टी र त्यसका नेताहरुमाथि त्यतिबेलादेखि अहिलेसम्म के खतरा थियो– भूमिगत हुने ? यो बडो रहस्यकै विषय छ । अब विस्तारै क. मोहन विक्रमको खुलापन र खुला जीवनपछि त्यसको रहस्य खुल्दै जानेछ । तैपनि मसाल पार्टी भने अहिले पनि खुला नभएको भूमिगत नै भएको भनिदैछ । त्यसैले फेरि पनि म भन्छु फाटेको जालले छेकेको छेके पनि छलङ्गै देखेको हेर गाउँले हो अब पनि यसको रहस्य के छ ?


    माक्र्सवाद  वैज्ञानिक र भौतिकवादी यथार्थवाद हो । जस्तो छ त्यस्तै । माक्र्सवादीहरुले आफ्ना विचार सिद्धान्त र राजनीति साथै जीवनशैली सबै खुलम्खुला सावैजनिक रुपले जनतालाई भन्छन् । तर अवसरवादीहरु यसको ठीक विपरीत षड्यन्त्र, जालझेल, ढोङ र यस्तै रहस्यमाथि बसी राजनीति गर्छन् । अवसरवादको अन्तिम परिणाम विसर्जनवाद नै हो । जुन एउटा उदाहरण रिम जसको संस्थापकमध्येका एउटा नेता क. मोहन विक्रम पनि थिए । त्यसका प्रमुख अध्यक्ष वम अवाओकिङ जसको अध्ययन र लेखन माक्र्स–एंगेल्स र लेनिनभन्दा पनि बढी छ भनिन्थ्यो । तर अहिले माक्र्सवाद नै असफल भयो भन्दै हाम्रा बाबुराम भट्टराई जस्तै विसर्जनवादको वकालत गर्दैछन् । 


    त्यस्तै त्यसका अर्का नेता भारतका डा. के भेनु थिए । उनका सैद्धान्तिक कक्षाहरु त मसाल पार्टीमा छँदा मैले पनि धेरै सुने । उनी रिमका यो क्षेत्रका क्षेत्रीय प्रतिनिधि थिए । आखिर अन्त्यमा उनी पनि मालेमावाद परित्याग गरी भारतीय कांग्रेस पार्टीको सदस्यसम्म बन्न पुगे । अब त्यसका अर्का नेता हाम्रा क. मोहन विक्रमले त धेरै पहिले नै रिम छोडी त्यस्तै अर्काे अन्तर्राष्ट्रिय संगठनमा आबद्ध छन् । 


    तर माओवादका कट्टर विरोधी माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा भने पनि संसदवादका कट्टर हिमायती जसले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई पंगु बनाइसकेका छन् । परिस्थिति अनुरुप कहिलेकाहीं कार्यनीतिक रुपमा संसद उपयोग गरे पनि सरकार र सत्तामा जाने कुन माक्र्सवाद–लेनिनवादले भन्छ ? अझ माओवादमा त त्यस्ता कुरै नगरौ । एमाले–माओवादीहरुको यो प्रकट खुला संसदवाद हो भने मसालको छदम माक्र्सवाद–लेनिनवाद र माओवादी आवरणभित्रको संसदवाद हो जसको अन्तिम परिणाम विर्सजनवाद नै हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij