२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अशान्त लुम्बिनीलाई शान्त बनाऊ

अशान्त लुम्बिनीलाई शान्त बनाऊ

अशान्त लुम्बिनीलाई शान्त बनाऊ

अशान्त लुम्बिनीलाई शान्त बनाऊ

अशान्त लुम्बिनीलाई शान्त बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • शान्तिका अग्रदुत गौतमबुद्धको जन्मभूमि लुम्बिनी संसारभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र हो । शान्ति र अहिंसाका प्रवर्तक गौतमबुद्ध बौद्ध धर्मावलम्बीका लागि मात्र नभई संसारभरका अहिंसा र शान्तिप्रेमीहरुका आस्थाका धरोहर हुन् । यसैले संसारभरको ध्यान लुम्बिनीमा तानिन्छ ।


    संसारले चिहाइरहेको लुम्बिनी अहिले अशान्त छ । अशान्त लुम्बिनीलाई शान्त बनाउन पहलकदमी भएको छैन । जिम्मेवारी लिएर अशान्त लुम्बिनीलाई शान्त बनाउने प्रयत्न नहुँदा गलत सन्देश प्रवाह भइरहेको छ । लुम्बिनीप्रति नकरात्मक सन्देश प्रवाह गर्नेहरुलाई बल पुगिरहेको छ । लुम्बिनीमा भइरहेको निरन्तरको धर्ना र जुलुसले नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

     

    कर्मचारीहरुले विभिन्न माग राखेर निरन्तर धर्ना गरिरहेका छन् । उनीहरुले प्रक्रिया पुरा गरेर स्थायी गर्नेदेखि विभिन्न माग राखेका छन् । उनीहरुका माग पूरा गर्न सकिने नसकिने बारे बोल्ने कोही भेटिदैन् । कोषका सदस्य सचिवले कार्यकाल नसकिंदै राजीनामा दिएर हिंडेका छन् । उपाध्यक्ष पनि लुम्बिनीमा छैनन् । कोषाध्यक्ष तीन महिनादेखि बिरामी भइ काठमाडौंमा छन् । कोषको विनियमावली—२०७४ ले कोषको कार्यकारी सदस्यसचिवलाई मानेको छ । कोषको कार्यकारी सदस्य सचिवले राजीनामा दिएकाले अब आन्दोलनरत कर्मचारीसँग संवाद कसले गर्ने ? भन्ने प्रश्न उठेको छ ।


    अहिले कोषमा ४० स्थायी र १ सय ७७ जना सेवा करारका कर्मचारी छन् । कोषमा मनपरी सेवा करारमा कर्मचारी राख्दा अहिले गलपासो भएको छ । अहिले उनीहरुले प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका छन् । कोषका पदाधिकारीले मनपरी ढंगले निकटका व्यक्तिलाई दिएको नियुक्तिले आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिएका छन् । अहिले तिनै कर्मचारीको आन्दोलनको मारमा लुम्बिनी परेको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि गरेको आन्दोलनको असर लुम्बिनीले ब्यहोर्नुपरेको छ । यो बेला कर्मचारीसँग छलफल गरी आन्दोलन स्थगित गर्नु उत्तम उपाय हो । प्रक्रियागत र विधिसम्म माग पूरा गर्न कोषले पहलकदमी लिनुपर्छ । त्यो विषयमा कर्मचारी सहमतिमा आउनुपर्छ । 


    लुम्बिनीप्रति विश्वभर नकारात्मक सन्देश प्रवाह भयो भने आगामी दिनमा त्यसको असर देखिने छ । कोषका सदस्य सचिवले राजीनामा दिएकाले कर्मचारीले तत्कालका लागि आन्दोलन स्थगित गरेर अघि बढ्नु नै राम्रो विकल्प हो । 
    कोषका पदाधिकारीले  समस्या समाधान गर्न नसक्ने अवस्था आए पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले समस्या समाधानको पहलकदमी लिनुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij