२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साढे ११ कराेडकाे आफ्नै प्रशासनिक भवनबाट प्रतापपुर सेवा प्रवाह शुरु

साढे ११ कराेडकाे आफ्नै प्रशासनिक भवनबाट प्रतापपुर सेवा प्रवाह शुरु

संघीयता संगै बनेकाे गाउँपालिकाले ९ वर्षमा भाडाकाे भवनबाट सेवा दिँदै आएकाे थियाे । एउटै भवन बनेसंगै सेवाग्राहीलाइ सहज हुने अपेक्षा गरिएकाे छ ।

जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले  ११ कराेड ४९ लाख लगतमा निर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरुआत गरेकाे छ ।

    स्थापना भएदेखि हालसम्म स्थानीयवासीको भाडाको घरमा सञ्चालन हुँदै आएको यो गाउँपालिकाले शुक्रबारदेखि औपचारिकरूपमा आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह थालनी गरेको हो ।

    गाउँ पालिका अध्यक्ष उमेशचन्द्र यादव विशेष पूजा अर्चाना गरि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरुआत गरेका छन । आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह नागरिकलाई सेवा लिन समेत सहज भएको छ ।

    यसअघि भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले अब आफ्नै स्थायी र व्यवस्थित भवनबाट सेवा दिन सुरूवात गरिएकाे यादवले  बताए ।

    उनले आफनाे भवन नहुदाँ सेवा प्रवाहमा असहजता हुने गरेकाे र आफ्नै स्थायी भवनबाट सेवा प्रवाह हुदाँ धेरै सहज  सेवा प्रवा अझै जनमैत्री हुने भएकाे बताए ।यादवले भने प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार भएकाले जनप्रतिनिधि आएपछि यसलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण गरिएको बताए ।

    उनले  यसबाट सेवाग्राहीलाई एकै ठाउँमा सबै सेवा लिन सहज हुने भएकाे छ भने  कर्मचारीका लागि पनि काम गर्ने वातावरण थप अनुकुल बनेकाे छ ।प्रशासनिक भवनमा करिब ४० काेठा रहेका छन ।

    स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न

    दुई तल्ले भवन  १ करोड ८ लाख  रुपियाँको लागतमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएकाे पालिकाकाे ईन्जिनियर आन्नद यादवले जानकारी दिए  ।बिरामी जाँच कक्ष, परामर्श कक्ष, सामान्य उपचारका लागि आवश्यक पूर्वाधारलगायतका कक्षहरू व्यवस्थित रूपमा निर्माण गरिएका छन्।

    526675647_1433079338032182_1819940381949568784_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij