२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नारायणीमा ४ दिनदेखि वेपत्ता किशोर मृत भेटिए, त्रिवेणीमा अर्को शव फेला

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • नवलपुर । चार दिन अघि नारायणी नदी पुलबाट हाम फालेर वेपत्ता भएका गैडाकोट २ कुसुमघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठको शव आज फेला परेको छ । 

    गैडाकोट नगरपालिका ७ गैरी स्थित नारायणी नदी किनारमा उनको शव विहान १० बजेतिर भेटिएको नवलपुर प्रहरीले जनाएको छ । उनको शव भरतपुर स्थित सरकारी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।  

    ति किशोर साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेका थिए ।
    कक्षा ९ मा अध्ययनरत १५ बर्षीय आदेश श्रेष्ठका मामाका अनुसार उनी विहानै घरबाट कसैलाई केही नभनी निस्केका थिए । उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

    सोही दिन राति नारायणी नदीमा नारायणी पुलबाट हाम फालि वेपत्ता भएका नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी घर भएका ५९ बर्षीय मिठा गिरी अझै फेला परेका छैनन् । 

    त्यसैगरी आज विहान नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना अन्दाजी ३० बर्षीय पुरुषको शव फेला परेको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ब्यारेज पुलको ३२ नम्बर ढोकामा पुरुषको शव फेला परेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij