पाल्पा । चिसो हावापानी मै बसेर तानसेनमा विएस्सी सि एस आइ टी पढ्न पाइने भएको छ । त्रिभुवन बहुमुखी क्यापस तानसेन पाल्पामा चालु शैक्षिक बर्ष देखी पहिलो पटक कम्प्युटर विज्ञान तथा सुचना प्रविधि ( विएस्सी सिएस आइटी) अध्यन, अध्यापन शुरु भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट वि एस्सी सि एस आइ टी अध्यन, अध्यापनको लागी त्रिभुवन बहुमुखी क्याम्पसले स्विकृती पाईसकेको छ । त्रिभुवन विश्व विधालयले केन्द्रिय स्तरमा लिएको इन्ट्रान्समा उत्र्तिण हुने विधार्थीले मात्र वि एस्सी सि एस आइ टी पढ्न पाउने छन ।
क्याम्पसमा यो विषय अध्यन गर्नको लागी ३६ वटा सिट रहेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा ३६ जना विधार्थीहरुले मात्र ( वि एस्सी सि एस आइ टी अध्ययन गर्न पाउने र यो विषयको इन्ट्रान्स परिक्षा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन मै हुने क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले बताए ।
वि एस्सी सि एस आइ टी कार्यक्रम ४ वर्षे अवधिको रहेको छ जसमा ८ सेमेस्टर रहने छ । यो विषय अध्यन गर्नको लागी क्याम्पसले ३ लाख ७५ हजारसम्म खर्च लाग्ने जनाएको छ । निजि क्षेत्रका कलेज तथा क्याम्पसहरुमा यो विषय अध्यन गर्न कम्तीमा १० लाख रुपैया लाग्ने बताईएको छ ।
विज्ञान विषय लिई कक्षा १२ वा प्रविधि धारतर्फ १०० पुर्णङ्कको फिजिक्स र १०० पुर्णङ्कको म्याथ उत्र्तिण गरी कम्तीमा सि गे्रड ल्याएका विद्यार्थीले यही विएस्सी सिएस आइटी पढ्न पाउन्छन् ।
कम्प्युटर विज्ञान तथा सुचना प्रविधि ( वि एस्सी सि एस आइ टी) अध्यन पुरा गरेपछि सफ्टवेयर डेभ्लपर, सफ्टवेयर ईन्जिनियर, वेभ डेभ्लपर, मोवाईल एप डेभ्लपर, डाटा एनालाईटिष्ट, डाटा साईन्स, साईवर सेकुरिटि तथा एनालाईटिष्ट, सिष्टम ऐडमिनिष्टर, नेटवर्क इन्जिनियर, डाटावेस एडमिनिष्टर, प्राजेक्ट म्यानेजर, आइटी म्यानेजर, क्यिु ए इन्जिनियर र सफ्टवेयर टेष्टर लगायतका क्षेत्रमा सजिलै रोजागारी प्राप्त गर्न सकिने क्याम्पस प्रमुख डा. पन्थले बताए ।
वि एस्सी सि एस आइ टी शैक्षिक कार्यक्रम बाट नेपालमा बार्षिक रुपमा ३ हजार सम्म विधार्थीहरु स्नातक उत्र्तिण भई सूचना तथा प्रविधी क्षेत्रमा काम गर्दै आएको कम खर्चमै पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही, नवलपरासी तथा कपिलबस्तु सम्मका विधार्थीहरुको लागी पायक पर्ने निबर्तमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले जानकारी दिए ।
पाल्पामा वि एस्सी सि एस आइ टी मा अध्यन गर्ने विधार्थीहरुले लागी गुणस्तरीय सूचना प्रविधी ल्यावको व्यबस्था, एम एस्सी सि एस आइ टी गोल्ड मेडलिष्ट शिक्षक बाट अध्यापन, तथा होस्टेलको सुविधा पाउने छन ।
कार्यक्रममा उपप्राध्यापक सन्तोष खनाल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेना, स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सभापति मिलन घर्ती मगर लगायतले विधार्थीले खोजेको र रोजेको विषय सस्तो शुल्कमा तानसेनमा पढ्न पाउन यस क्षेत्रका विधार्थीहरुको लागी निकै राम्रो भएको बताए ।




