२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक संघ संस्थाहरुलाई परेको अफ्ठेरोमा सहयोग र समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय

सामाजिक संघ संस्थाहरुलाई परेको अफ्ठेरोमा सहयोग र समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय

सामाजिक संघ संस्थाहरुलाई परेको अफ्ठेरोमा सहयोग र समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय

सामाजिक संघ संस्थाहरुलाई परेको अफ्ठेरोमा सहयोग र समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय

सामाजिक संघ संस्थाहरुलाई परेको अफ्ठेरोमा सहयोग र समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा सदरमुकाम तानसेनमा संचालित बालगृह, बृद्धाआश्रम, अपाङ्ग बालवालिका र सेभ हाउस संचालन स्थलहरुको अवलोकन, निरिक्षण भएको छ ।

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको नेतृत्वमा, अभियान नेपाल द्धारा संचालित बालगृह, निलसागर द्धारा संचालित बृद्धा आश्रम, पाल्पा सिविआरमा संचालित अपाङ्ग बालवालिका पुनरस्थापना केन्द्र र जिल्ला बाट संचालित अस्थायी सुरक्षित आवास गृहको अवलोकन तथा निरिक्षण भएको हो । 

    अनुगमन टोलीले तानसेन नगरपालिका वडा नंं १ धुर्वधाटमा अभियान नेपाल बाट संचालित, बालगृहको अनुगमन गरेको छ । उक्त संस्थामा हाल २० जना बालवालिका रहेका छन । जसमा १७ जना वालवालिकाहरु नियमिति रुपमा विधालय तथा कलेज क्याम्पसमा अध्यन गर्दै आएका छन भने ३ जना अपाङ्ग, सूस्त मनस्थिती भएका वालवालिका छन । 

    कार्यक्रममा अभियान नेपालका सस्थापक अध्यक्ष दुर्गा पहाडी, कार्यवाहक अध्यक्ष डिल बहादुर ढुंङ्गानाले अभिभावक विहिन, सहारा विहिन बालबालिकाहरु लाई बालगृहमा राखी, नियमित रुपमा स्वास्थ्य उपचार,खानपान बसोवास तथा शैक्षिक सेवा प्रदान गर्दै आएको बताए ।

    राष्ट्रिय तथा अन्तराष्टि स्तर बाट प्राप्त हुने विभिन्न कसिमका सहयोगहरु रोकिएकोले बालगृह संचालन गर्न कठिन हुदै गएको संस्थापक अध्यक्ष पहाडीले बताए । स्थानीय स्तरबाट सहयोग नपाएर बालगृह बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

    एकातर्फ आर्थिक संकट, अर्काे तर्फ बालगृहमा बसेर  १६ बर्ष उमेर पुगेपछि पुनरस्थापना विषयल संस्थालाई अफ्ठ्याराे परेको, दातृ निकाय बाट सहयोग रोकिदा बालगृहमा काम गर्ने कर्मचारीहरु लाई समेत दुई तिन महिना देखी तलव दिन नसकेको, बालगृहमा रहेका वालवालिकाको कागजात, जन्मदर्ता तथा नागरता बनाउन समस्या भएको, कुनै वालवालिकाको ठेगाना हाल सम्म पहिचान हुन नसकेकोले बालगृह संचालन गर्न कठिनाई भएको, अवका दिन सहयोगी हातहरु नआए काम गर्न नसकिने अभियान नेपालका कार्यबाहक अध्यक्ष ढुंङ्गानाले बताए । अभियान नेपाल बालगृहमा हाल १३ जना छात्रा र ७ जना छात्र रहेका छन । 

    टोलिले तानसेन नगरपालिका वडा नंं १ भुसालडाडामा संचालित निल सागर आश्रमको अवलोकन गरेको छ । निलसागर आश्रममा २० जना बृद्ध बृद्धा तथा मानसिक सुन्तलन गुमाएर व्यक्तिहरु रहेका छन ।

    निल सागर आश्रम पाल्पाका संयोजक प्रकाश गंगोलले  आश्रममा बस्नेहरु मानसिक रोगीहरु पनि भएकोले उनीहरुको नियमित स्वास्थ्य परिक्षणको लागी समस्या भएको जानकारी गराएका थिए ।

    खानपिनको लागी दैनिक सहयोग जुटिरहेपनि आगामी एक बर्ष पछि भवन करार सम्झौता सकिने र अन्य स्थानमा भाडा तिरेर आश्रम संचालन गर्न सकिने अवस्था नरहेकोले तानसेन नगरपालिकाले जग्गा व्यबस्थापन गरिदिनुपर्नेमा संयोजक गंगोलले आग्रह गरे । 

    अनुगमन टोली पाल्पा तानसेन वडा नंं २ मा रहेको  सिविरआरमा संचालित डे केयर सेन्टर, तथा सेभ हाउसको अवलोकन गरेको छ । डे केयर मार्फत करीव २० जना अपाङ्ग बालवालिकाहरु पुर्नस्थापना कार्यmममा सहभागी हुदै आएका छन ।

    घर भिजिट मार्फत ८४ जना अपाङ्ग बालवालिकाहरु लाई फिजियो थेरापी सेवा प्रदान गर्दै आएको पाल्पा सिविआर डे केयरका संयोजक कृष्ण गहतराजले बताए । डे केयर मा आउने वालवालिकाहरुलाई संस्थाकै सवारी साधनबाट घर बाट ल्याउने, दिनभरी खेल्ने, खेलाउने, फिजियो थेरापी गराउने, पढ्ने पढाउन र घरसम्म लैजाने काम गर्दै आएको संयोजक गहतराजले बताए । टोलीले अस्थायी सुरक्षित आवास गृहको पनि अनुगमन गरेको छ ।

    सुरक्षित आवास गृहमा काम गर्ने कर्मचारीलाई नेपाल सरकारको मापदण्ड भन्दा निकै कम सात, आठ हजारमा काम गराउनु परेको जानकारी गराए । अनुगमनमा सहभागी कार्यालयहरुले जिल्ला प्रशासनको अगुवाईमा आवश्यक सहयोग र समन्वय गर्ने निर्यण भएको प्रजिअ सुवदीले बताए । ३ वटा संस्थालाई तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले चामल, तेल लगायका खाधान्य सहयोग गरेका थिए । 

     तानसेनमा विभिन्न संघ संस्थाबाट सञ्चालित बालगृह, बृद्धाआश्रम, अपाङ्ग बालवालिका पुनरस्थापना केन्द्र तथा अस्थायी सुरक्षित आवास गृहको  अवस्था, उनीहरुलाई परेको समस्या, सरकारी तवरबाट गर्नुपर्ने सहयोग र समन्वय, सहकार्यको बारेमा जानकारी लिएको र सोही अनुसारको सहयोगको समन्वय र सहकार्य गरिने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।

    राज्यले गर्नुपर्ने काम विभिन्न सामाजिक संघ संस्थाबाट भएका छन, यस्ता संघ संस्थालाई जिल्लाका सरकारी कार्यालयले आवश्यक सहयोग र समन्वय र सहकार्य गरेर अझ हौसला प्रदान गर्नको लागी अनुगमनको कार्यक्रम राखिएको प्रजिअ सुवेदीले बताए ।  पछिल्लो समयमा विभिन्न सहयोगी संस्थाबाट आउनु  पर्ने सहयोग रकम नआएको कारण समाजिक, मानविय संघ संस्थाहरु अफ्ठेरोमा परेका छन । 

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, जिल्ला समन्वय समिती, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल, नेपाली सेना दि फेमस महिन्द्र दल गण, स्वास्थ्य कार्यालय पाल्पा, पाल्पा अस्पताल, जिल्ला शिक्षा तथा समन्वय ईकाई, पाल्पा उधोग वाणिज्य संघ, पाल्पा व्यापार संघ, पत्रकार महासंघ  सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij