२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अक्सफोर्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

अक्सफोर्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

अक्सफोर्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

अक्सफोर्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

अक्सफोर्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • बुटवल। बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई भव्य स्वागत गरेका छन्। लुम्बिनीस्थित सभाहलमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षता रहँदा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारी प्रमुख अतिथि थिए।

    कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले अक्सफोर्ड विद्यालय शिक्षक र विद्यार्थीको परिश्रम तथा अभिभावकहरूको विश्वासकै कारण देशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताए। उनले विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिइरहेको उल्लेख गर्दै शान्तिको सन्देश दिने लुम्बिनीमा यस्तो स्वागत समारोहले शैक्षिक वातावरणलाई थप जीवन्त बनाउने धारणा राखे।

    विद्यालयका प्राचार्य दिनेश भुसाले आगामी वर्षहरूमा विदेशी विद्यार्थीसमेत अध्ययन गर्न आकर्षित हुने वातावरण तयार पार्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए। प्रमुख अतिथि रमाकान्त तिवारीले अक्सफोर्डको नतिजा विगतदेखि नै उत्कृष्ट रहेको स्मरण गर्दै शिक्षालाई व्यवहारसँग जोड्नुपर्नेमा विद्यालयले अझ बढी ध्यान दिनुपर्ने धारणा राखे।

    स्वागत कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, दुर्गादत्त भण्डारी, विद्यार्थी प्रतिनिधिहरू प्रतिक भण्डारी, द्विजा आचार्य, विभेचना प्रसाई, सन्ध्या यादव, स्वीकृति अवस्थीले मन्तव्य राखे।

    कार्यक्रममा अभिभावक संघ केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, कोर्डिनेटर नारायण सापकोटा, भरत क्षेत्री, बालकृष्ण पोखरेललगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित हास्य कलाकार मनोज गजुरेलले विशेष प्रस्तुति दिएका थिए। त्यस्तै, मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले विद्यार्थीहरूलाई शैक्षिक जीवनप्रति प्रेरित गर्ने विभिन्न मन्तव्य प्रस्तुत गरेका थिए।

    कार्यक्रमको सञ्चालन विज्ञान हमाल र निकिता चौहानले गरेका थिए भने संयोजन झविन्द्र मरासिनीले गरेका थिए। कोर्डिनेटर बालकृष्ण पोखरेलले कार्यक्रमलाई मनोरञ्जन, प्रेरणा र आपसी सद्भावको अनुपम संगम भएको बताएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij