२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सैनामैना हेल्थ सेन्टरले मनायो ९ औँ वार्षिकोत्सव

सैनामैना हेल्थ सेन्टरले मनायो ९ औँ वार्षिकोत्सव

सैनामैना हेल्थ सेन्टरले मनायो ९ औँ वार्षिकोत्सव

सैनामैना हेल्थ सेन्टरले मनायो ९ औँ वार्षिकोत्सव

सैनामैना हेल्थ सेन्टरले मनायो ९ औँ वार्षिकोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • बुटवल । सैनामैना हेल्थ सेन्टर बुटवल ६ रुपन्देहीको ९ औं वार्षिककोउत्सव सम्पन् भएको छ । संस्थाका अध्यक्ष लक्ष्मी न्यौपानेको अध्यक्षता तथा मायादेबी कलेजका प्रिन्सीपल शिक्षक नवीन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    औषधी व्यवसायी, चिकित्सक, कर्मचारी लगायत सहभागी कार्यक्रममा बोल्दै शिक्षक शर्माले स्वदेशमानै केही गर्दै आफु सहित अन्यलाई पनि रोजगारी दिएकोमा आफ्‌ना बिद्यार्थी समेत रहेका संस्थाका सञ्चालक बिष्णु जिसीलाई शुभकामना ब्यक्त गरे । उनले अझै सेवा बिस्तार गर्दै थप जनशक्तिलाई रोजगारीमा जोड्न सुझाब दिए ।

    औषधी व्यवसायीका प्रदेश अध्यक्ष लुकराज न्यौपानेले औषधिको व्यवसायमा गल्ती कुनैपनि हालतमा मान्य नहुने भएकोले व्यवसायी निकै चनाखो भएर काम गर्नुपर्ने बताए । उनले सैनामैना ग्रुपले गरेको मेहनलको कदर गर्दै अझै सफलताको शुभकामना ब्यक्त गरे ।

    कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता नवराज अधिकारी, आर्थिक सल्लाहकार सीए छवि पोखरेल, विशेष सल्लाहकार गोकर्ण पाण्डे, व्यावसायिक सल्लाहकार एकादेव बस्याल लगायतले बोल्दै उतारचढाब आएपनि निरन्तरताले सफलताउन्मुख गराएको बताए ।

    संस्थाका सञ्चालक बिष्णु जिसीले अहिले पनि प्रत्यक्ष अप्रत्यक्ष ५० जना हाराहारीलाई रोजगारी प्रदान गर्न सकिएको बताउँदै कहिँ नपाएको औषधी सैनामैनामा पाईन्छ भन्ने वातावरण बनिरहेको दाबी गरे ।

    सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा राजु पौडेललाइ यमहाको स्कुटर सहित पुरस्कृत भएका छन् भने उत्कृष्टः–फार्मेसी ईन्चार्जको रुपमा लक्ष्मी भण्डारीलाइ हिमस्टार टिभिबाट पुरस्कृत भएकी छ ।

    526816387_758234843373396_6028985635822107719_n.jpg

    “भरपर्दो औषधि विशेषज्ञ सम्मानबाट अनमोल श्रेष्ठ, उत्कृष्ट समयपालक बिष्णु भुसाल, वित्तीय अनुशासनमा उत्कृष्टता पुरस्कारबाट कुशुम न्यौपाने तथा जेहेन्दार कर्मचारीबाट पुरन थारु र अमन थापालाइ सम्मान गरिएको थियो भने सम्पूर्ण कर्मचारीहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij