२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • भन्सार विभागको तथ्याङ्कअनुसार, गत वर्ष नेपालमा ८५ करोड रुपियाँको कोदो आयात भयो । कोदोको उत्पादन उल्लेख्य बढ्न नसकेको, तर उपभोग बढिरहेकोले माग धान्न अहिले आयात गर्नुपर्ने बाध्यता छ । कुनै बेला गरिबको खाना भनिने कोदो अहिले शहरका होटल र रेष्टुरेण्टमा कोदोका परिकार खानेको संख्या बढ्दो छ ।


    कृषि मन्त्रालयका अनुसार, नेपालमा दुई लाख ७१ हजार हेक्टरमा खेती भइरहेकोमा बढ्दो युवा जनशक्तिको पलायन र बसाईसराइले कोदो खेती गर्ने क्षेत्रफल  हरेक वर्ष  घट्दै गइरहेको छ । यद्यपी उत्पादकत्व  ३ दशमलव शून्य चार बढेर ३ दशमलव तीन  टन प्रतिहेक्टर पुगेको छ  । अनुसन्धान गर्ने निकायले धेरै उत्पादन दिने पाँच वटाभन्दा बढी रोगप्रतिरोधी जातको विकास गरेर किसानलाई कोदो खेती गर्नका लागि प्रेरित गरेकाले उत्पादकत्व केही बढेको देखिन्छ । 


    एक पोषणयुक्त र रोगप्रतिरोधी अन्न कोदो जलवायु अनुकुलित बाली पनि हो । सुख्खा र अल्प वर्षा हुने तथा उर्भराशक्ति कम भएको जग्गामा यो बालीको खेती गर्न सकिन्छ । नेपालको मध्यपहाडी जिल्लामा कोदो उत्पादन गर्न सकिन्छ । गण्डकी र लुम्बिनीका पहाडी जिल्लामा कोदो खेती राम्रो हुँदै आएको छ । कोदोमा ११ प्रतिशत प्रोटिन पाइन्छ, जुन चामलमा भन्दा तीन गुणा हो । फाइबर, खनिज क्याल्सियम, फलाम, म्याग्नेसियम जस्ता पोषणले भरिपूर्ण कोदोमा मधुमेह नियन्त्रण, मोटोपन घटाउने, घाउ चाँडो निको पार्ने जस्ता गुणहरू  रहेका हुन्छन् । संसारमा सबैभन्दा धेरै कोदो उत्पादन गर्ने मुलुक भारत हो । यस हिसाबले नेपाल १३औँ स्थानमा पर्छ । वार्षिक १७ मिलियन टन कोदो उत्पादन गर्ने भारतले विश्वव्यापी रूपमा कुल क्षेत्रफलको ४० र उत्पादनको २० प्रतिशत कोदो उत्पादन गर्ने गर्छ । सन् २०२१ मा भएको संयुक्त राष्ट्रसङ्घको ७५औँ सभाले ‘खाद्य पोषण सुरक्षा वातावरण तथा ग्रामीण रूपान्तरणमा कोदोजन्य बाली’ भन्ने नारासहित सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरेको थियो । नेपालले पनि सन् २०२३ को जनवरी १ तारिखका दिन कोदोजन्य बाली वर्षको शुभारम्भ गरेको थियो ।


    कोदोबारे भइरहेका बहस र पैरवीले अहिले कोदो दिवस मनाउन थालिएको छ । साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाईयो । कोदोको व्यवसायिक खेतीमा आकर्षित गर्न कोदो दिवस केन्द्रित हुनुपर्छ । तर दिवस केबल औपचारिकताका लागि केन्द्रित भए भने मनाउनुको अर्थ हुँदैन । कोदो खेती राम्रो हुने जिल्ला र पालिकामा मिशन र पकेट क्षेत्र कार्यक्रम चलाएर किसानलाई कोदो खेतीमा आकर्षित गर्न सकिन्छ । कोदो खेतीमा किसानलाई आकर्षित गर्न तहगत सरकारबिच समन्वयात्मक ढंगले अघि बढ्न आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij