२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्कृष्ट विद्यार्थीहरू सम्मानित

उत्कृष्ट विद्यार्थीहरू सम्मानित

उत्कृष्ट विद्यार्थीहरू सम्मानित

उत्कृष्ट विद्यार्थीहरू सम्मानित

उत्कृष्ट विद्यार्थीहरू सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२

  • नवलपरासी । निजी तथा आवासीय अर्गनाइजेसन (प्याब्सन ) नवलपरासीको एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । 


    सम्मान कार्यक्रममा  निजी तथा आवासीय अर्गनाइजेसन (प्याब्सनका) केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयले शिक्षाको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले सरकारले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयमा रहेका समस्यालाई समाधान गर्नु पर्ने बताउँदै सरकारले ल्याउने शिक्षा विधेयकलाई निजी विद्यालयहरु पर्ख र हेरको अवस्थामा रहेको बताए ।   


    निजी तथा आवासीय अर्गनाइजेसन (प्याब्सन ) नवलपरासीका अध्यक्ष डम्बर गुरुङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार सुमन गोपाल आर्चाय, केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, केन्द्रीय सदस्य दिपक कँुवर, प्रदेश सदस्य लालहरि पाण्डे, बर्दघाट नगरपालिकाका निर्वमान मेयर धिरज बस्याल, प्याब्सन प्रदेश सचिवालय सदस्य देवेन्द्र राना, प्याब्सनका प्रदेश उपाध्यक्ष धनराज चापागार्इं, व्याब्सन नवलपरासीका सल्लाहकार राधेरमण पाण्डे, वरिष्ठ सल्लाहकार ईन्द्र गुरुङ, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, रामग्राम नगर प्याब्सनका अध्यक्ष बलिराम यादव,अभिभावक मुकुल आर्चाय, विद्यार्थी प्रयास पराजुलीलगायतले शिक्षामा निजी तथा आवासीय अर्गनाइजेसन (प्याब्सन ) ले पु¥याएको योगदानको चर्चा गरेका थिए । 


    प्याब्सन नवलपरासीका सचिव अभिनास रेग्मिले प्याब्सनले नवलपरासी पश्चिमका ३.६ जीपीएभन्दा माथि ल्याउने ५५ विद्यालयका २ सय २ विद्यार्थीलाई सम्मान गरेको बताए । उक्त अवसरमा प्याब्सनको प्रदेश र केन्द्रका विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij