२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इनरह्वील क्लब अफ बुटवलद्वारा क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न

इनरह्वील क्लब अफ बुटवलद्वारा क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न

इनरह्वील क्लब अफ बुटवलद्वारा क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न

इनरह्वील क्लब अफ बुटवलद्वारा क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न

इनरह्वील क्लब अफ बुटवलद्वारा क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • बुटवल।  इनरह्वील क्लब अफ बुटवलले  “क्यान्सर जनस्वास्थ्य सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ।

    कार्यक्रम भारतको दिल्लीस्थित एम्स हस्पिटलबाट आएका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. अन्सुमन कुमारको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

    साे अवसरमा डा अन्सुमनले क्यान्सरकाे जाेखिम, यसका मुख्य लक्षणहरु तथा यसकाे प्रारम्भिक उपचार तथा प्रारम्भकाे जानकारी लगायतकाे बारेमा बताएका थिए । 

    526747520_24615212284763469_490837024145625484_n.jpg

    कार्यक्रममा सुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले क्यान्सरले ज्यान नै लिने भएकाेले साेही याे लाग्नै नदिन् र लागिहाले पनि लक्षण देखिँदासाथ उपचार गराउन आग्रह गरे ।

    साे अवसरमा ब्रह्मकुमारी विश्व विद्यालयका योगाचार्य राम कुमार, स्मार्ट ग्लोबल हेल्थ केयर सेन्टरका सल्लाहकार अनुज गुप्ता, पूर्व अध्यक्ष यमुना श्रेष्ठ लगायतले बाेलेका थिए । 

    कार्यक्रम क्लबकी अध्यक्ष श्रीमती बुलबुल श्रेष्ठले महिलाहरुमा क्यान्सरकाे जाेखिम तुलनात्मक रुपमा बढि हुने भएकाे निकै फाइदाजनक विषय भएकाेले याे कार्यक्रम आयाेजना गरिएकाे बताइन् ।

    526617861_24615213558096675_2920135898103932232_n.jpg

    कार्यक्रमका संयोजक क्लबका पूर्व अध्यक्ष पुस्पा कसौधन रहेकी थिइन भने सह–संयोजकको भूमिका मीरा ओझाले निर्वाह गरेकि थिइन । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, बोर्ड सदस्यहरू, साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको क्लब सचिव गंगा श्रेष्ठले जानकारी दिइन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij