२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कक्षा १२ को नतिजा : ३८.८३ प्रतिशत 'नन ग्रेडेड'

कक्षा १२ को नतिजा : ३८.८३ प्रतिशत 'नन ग्रेडेड'

कक्षा १२ को नतिजा : ३८.८३ प्रतिशत 'नन ग्रेडेड'

कक्षा १२ को नतिजा : ३८.८३ प्रतिशत 'नन ग्रेडेड'

कक्षा १२ को नतिजा : ३८.८३ प्रतिशत 'नन ग्रेडेड'
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • बुटवल । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् ।

    गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  

    गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए । 

    कति विद्यार्थीले कुन–कुन ग्रेड ल्याए ?
    कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डलेसार्वजनिक गरेको नतिजाअनुसार, सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या जम्मा २३ जना रहेका छन् । 

    २.०१–२.४० सम्म ल्याउने आठ हजार ९६४, २.४१–२.८० सम्म ल्याउने ६९,८१२, २.८१ देखि ३.२० सम्म ल्याउने ९४,२६८, ३.२१–३.६० सम्म ल्याउने ५५,८९६ विद्यार्थी रहेका छन् । ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२५९१ रहेको छ ।

    ३८‍.८३ प्रतिशत नन ग्रेडेड
    कक्षा १२ को नतिजाअनुसार ३८‍.८३ प्रतिशत नन ग्रेडेड भएका छन् । 

    ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते
    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij